आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हरायो ।
लर्डसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ८ रन बनायो । बलियो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । उसका ओपनर फकर जमान ४४ रनमा आउट भए ।
त्यसपछि इमाम उल हम पनि ४४ रनमा आउट भएपछि पाकिस्तानले ९८ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका मोहम्मद हफिजमात्र २० रनमा आउट भए । चौथो विकेटका लागि बाबर अजाम र ह्यारिस सोहेल विच ८१ रनको साझेदारी हुँदा पाकिस्तान बलियो सिथ्तीमा पुगेको थियो । बाबर ६९ रनमा आउट हुन पुगे ।

त्यसपछि इमाद वासिमले २३ रन बनाए भने हारिस सोहेलले अविजीत ८९ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए ।
जवाफमा दक्षिण अफ्रिका ५० ओभरमा नौ विकेट गुमाउँदा दुई सय ५९ रनमा रोकियो ।
राम्रो सुरुवात गर्न नसकेको दक्षिण अफ्रिका लागि कप्तान फाफ डुप्लिसिसले ६३ रन बनाए भने क्विन डी ककले ४७ रनको योगदान गरे । यस्तै ही भान डेर डुसेनले ३६ र डेविड मिलरले ३१ रन बनाए ।
यसका साथै उसका लागि फेलुक्वाले अविजित ४६ रन बनाए भने क्रिस मोरीसले १६ रन बनाए । बलिङमा पाकिस्तानका वाहेब रियाज र सहदाव खानले तीन तीन विकेट लिए ।