आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंका ४९.४ ओभरमा सवै विकेट गुमाउँदै २०३ रनमा समेटिएको हो ।
खराब सुरुआत गरेको श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । त्यसपछि कुशल परेरा र अभिष्का फर्नान्डोले ६७ रनको साझेदारी गर्दै इनिङ्स माथि उठाउने प्रयास गरेका थिए ।

फर्नान्डो ३० रन बनाएर आउट हुँदा टिमको स्कोर ७२ रन पुग्दा अर्का सेट ब्याट्सम्यान परेर पनि ३० रन नै बनाएर पेभेलियन फर्किए । यसैगरी धनञ्जय डी सिल्भाले २४ रन जोड्दा कुशल मेन्डिसले २३ रन बनाए ।
श्रीलंकालाई सस्तैमा रोक्न क्रिस मोरिस र डुवान पेरोट्रियसले समान तीन तीन विकेट लिए ।कागिसो राबडाले २ विकेट हात पारे ।