खेमराज ओझा अछाम
बान्नीगढी जयगढ गाउँपालिकामा कुखुराको दाना उत्पादन समन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको व्यापारीक केन्द्र जयगढ बजारमा कुखुराको दाना उत्पादन उद्योग सञ्चालन उद्योगी बन्ने उदेश्यका साथ बान्नीगढी जयगढ गाउँपालिका भित्रका युवाहरु उद्योग सञ्चालन गर्न लागेका हुन ।

यसै अन्र्तगत आज गाउँपालिका भित्रका उद्योग सञ्चालन गर्न लागेका युवाहरु संग अन्र्तक्रिया गरीएको हो । कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कुल बहादुर सेट्टी, सरस्वती माबिका बिद्यालय व्वस्थापन समितीका अध्यक्ष टेकबहादुर साउद लगायतको सहभागीता रहेको थियो ।
अन्र्तक्रिया कार्यक्रमको सहजीकरण वाक नेपाल युवा शसक्तिकरण बुलगारी परियोजनाका बिकास सुपरिवेक्षक महादेव ओझा रहेकामा उपस्थित बान्निगढी कुखुरा दाना उद्योगका सबै उद्यमी हरूको सहभागिता रहेको थियो । कार्यक्रम बाट दाना उत्पादन समूह पनि गठन गरिएको छ ।
खेमराज ओझाको अध्यक्षतामा दाना उत्पादन समीती गठन गरीएको हो । जसको उपाध्यक्षमा डिल्ली ठकुल्ला, सचिव स्देबेन्द्र थापा,स– सचिव गैरी साउद , कोषाध्यक्ष कविता साउँद रहेका छन ।