राजेन्द्र कुवर, अछाम
माघ महिनाको २९ गते नेपाल चार धाम मध्यको एक धाम बैधनाथ धाममा नेपाल पत्रकार महासंघको सातौ साधारणसभा सम्पन्न गरि बेलुकी तिर पत्रकार महासंघका अछामका सचीव होम साउद रेडियो जनप्रीयका कार्यकारी निर्देशक तपेन्द्र कुवर रेडियो रामारोशन एफ एमका सहायक स्टेसन म्यानेजर कमल रावल पत्रकार बिक्रम परियार कालू बोहरा सहितको टोलिले बर्तमान राजनीतिक अवस्था साफेबगर नगरपालिकाको राजनीति, सामाजिक धार्मिक पर्यटनका विभिन्न सन्दर्भमा छलफल गर्न मेयर कुलबहादुर कुवरका निजि निवासमा गयौ ।

मेयर कुलबहादुर कुवरले दिनभर दिनभर सम्पादन गरेका कार्यको थकान मार्न नपाउदै पत्रकार बिचमा हाम्रा सबै भावनाको कदर गर्दै पार्टी बिभाजनको मुखमा पुगेको अवस्था त्यसबाट स्थानीय स्तरमा उत्पन्न समस्य समाधानका उपायका बारेमा निकै जानकारी दिने काम गर्दै गर्दा भोलि बिहान जनयुद्ध दिवसको समाचार संकलन तथा प्राकृतिक अनुकम्पाले भरिपुर्ण रामारोशन पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्न जाने उदेश्य सहित आफ्ना कुरा राखेर पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले ब्यबस्थापन गरेको होटल उर्बसिमा गएर खाना खाएर भोलि दिनभरको कार्यतालिका बनाउदै आफ्नो दैनिकीलाई बिट मारेका थियौ ।

माघ ३० गते बिहानै सबै पत्रकार साथीहरूले आफ्नो दैनिक गर्नु पर्ने नृत्यकर्म गरेर रेडियो जनप्रीय एफ एम साफेबगरमा रहेको स्टेसनमा भेट गर्ने पुर्ब सुचना अनुसार रेडियो बान्निगढी एफ एमका कार्यकारी निर्देशक धनराज साउद सहित हाम्रो टोलि रेडियो जनप्रीयको स्टुडियोमा निकै चर्का चर्की बहस सुरु भएको रहेछ पुर्ब जिल्ला बिकास समितिका सभापति कृष्ण प्रसाद जैशी र साफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुवर अतिथिरहेछन उहाँहरूले पार्टी बिभाजनको मुख्य दोस एक अर्कोतिर लागाउन नै ब्यस्त रहेको आवश हामीलाई भै रहेको थियो ।

हामीले दुबै जना कम्युनिष्ट पार्टीका अछामका नेताबाट जनयुद्ध दिवसको अवसारमा अछामको द्वन्द्वको अग्रभागको रूपमा रहेको रामारोशन जान लागेको जानकारी गराउदै १० लामो युद्ध भुमिको एक मुठ्ठी माटोलाइ समातेर २६ औं जनयुद्ध दिवसको शुभकामना आदानप्रदान गर्न तर्फ लागेका थियौ ।

अछामको ब्यपारी केन्द्र साफेबगर बाट रेडियो बान्निगढीका प्रबन्धक निर्देशक धनराज साउदलाइ जयगढ बजारबाट लिएर हामी आफ्नो गन्तव्य स्थान रामरोशनका लागि निरंन्तर अघि बढ्ने क्रममा मंगलसैन नगरपालिका जुपु निवासि हाम्रो प्यारो संगठन प्रेस संगठन नेपालका जिल्ला संयोजक संयोजक नरेन्द्र रावललाई पृती सोकमा रहेकोे समयमा उहाँको घरमा पुगेर समबेदना दिदै सोकलाइ शक्तिमा बदल्न प्रेणा मिलोस भनेर सान्त्वना दिदै हाम्रो टोलि रामारोशनको मुख्य प्रवेश द्धार मुजाबगर बजारमा पुगेका थियौ ।

भदौ २ गतेको अबिरल बर्षाका कारण क्षत बिक्षत भएको छब्बीस क्षेत्रको ब्यपारी केन्द्र मुजाबरका धेरै जस्ता नागरिकमा उत्साह देखिएको थिएन यसै बिच हाम्रो टोलिलाइ रामारोशन क्षेत्र बिकास तथा पर्यटन ब्यबस्थापन समितिका कार्यकारी निर्देशक गंगा बुढा कुवर कलाकार जनक साउद पत्रकार तथा कलाकार रुपक परियार रामारोशन गाउँ पालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) संगठन कमिटीका अध्यक्ष कम्मान सिंह साउद (जोसिला ) ले स्वागत गर्दै कार्यक्रमका बारेमा जानकारी लिने र दिने काम हतार हतारमा सकेर हामी फेरि रामारोशनका लागि यात्रा तय गरेका थियौ ।

बिनासकारी बाढिपहिरोले उजाड बनेको सैनी बजार पुगेर पुगेर हामी उधौली साझले स्वागत गरि रहेको समयमा हाम्रो टोलि रामारोशनमा रहेको रामेमा पुगेका थियौ ।
रामेमा रहेका सबै होटलमा अरु दिन भन्दा बढी नै पर्यटकले खचाखच भरिएका थिए । सरकारी तथा गैर सरकारी कर्मचारीको बाक्लो उपस्थिति रहेकोे थियो । सायद माघ ३० गते लोसार पर्व र फागुन १ गते शनिबार भएकोले होटलमा पहुना बढेको सजिलोसँग अनुमान गरेका थियौ ।

दिनभरको शारीरिक तथा मानसिक थकान रामारोशनको चिसो सिरोठोको स्वागत गरिरहेको बिचमा पत्रकार तपेन्द्र कुवर धनराज साउद र होम साउदले थकाइको कुनै प्रबाह नगरी क्याम्प फाइरको बन्दोबस्तीका समानको ब्यबस्थापन गरे भने कमल रावल कालू बोहरा बिक्रम परियारले भोलिको कार्यक्रमका बारेमा दैनिकी कार्यतालिका बनायौ त्यसै समयमा बिक्रम जिले मेरो थकाइ मार्न रमाइलो गफ गर्दै देउडा गित पनि हाल्न थालेका थिए ।

रामेमा रहेका सबै होटलमा क्याम्प फाइरिङ्ग आफू अनुकुलका देउडा गित गुन्जिरहदा बिस्तारै थकान पनि मरि सकेको थियोे अझै पत्रकार पुगेको सुइको पाउना साथ सीता गेष्टहाउसका प्रबन्धक इन्द्र रोकाय राती भेट्न पुगेर थप रमाइलो बनाइ रहेका थिए भने रामारोशन गाउपालिका सूचना केन्द्रका कर्मचारीको सहयोग स्मरण योग्य नै थियोे । फागुन १ गते बिहानै उठेर दैनिक नृत्यकर्म गरेर खाजा खाएर रेडियो जनप्रीय, रेडियो बान्निगढी र रेडियो हाम्रो सफलताले एकै पटक रामारोशन बिशेष कार्यक्रमको प्रत्यक्ष प्रशारणमा सबै सहकर्मी जुटेर रामारोशनको पर्यटन प्रबर्द्धनका विभिन्न आयमका बारेमा सम्बाद गरेका थियौ । अनि जिङ्गले तालमा डुङ्गामा सयेर गर्न सबैका मन बरालिएका थिए ।

बिहानका सुर्यका किरण संगै रामारोशनका रमणीय स्थलको अवलोकन गर्दै सफा स्वच्छ निलो जिङ्गले तालमा डुङ्गामा शयर गर्दै फेरि रेडियो टेलिभिजनका लागि कार्यक्रमको उत्पादनमा केही साथीहरू जुटि रहेका थिए । यति काम गर्दा समय ढल्केको थाहा भएन एकै पटक बिहानको खाना खाएर सिता गेष्टहाउसमा पुग्दा २६ औं जनयुद्ध दिवसको कार्यक्रमका लागि नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य गोबिन्द साउद सुमन रामारोशन गाउकार्यपालिका वडा नम्बर ५ रामारोशनका वडा अध्यक्ष लक्ष्मण परियार लगाएतका नेता कार्यकर्ता हाम्रो प्रतीक्षामा बसेका थिए हामी पुग्ने बितिकै कार्यक्रम सुरु गरेर शुभकामना आदानप्रदान गर्दै सहिदका सपना पूरा गर्न प्रतिबद्धता जाहेर गरेर हामी फेरि आफ्नो गन्तव्यमा लागेका थियौ ।
भदौ २ गतेको बाढिपहिरोले ज्यान गुमाएका आफन्तलाइ भेटेर शैनिबजारमा राहत बितरण गर्नु पर्ने पुर्ब निर्धारण गरेको कार्यक्रम अनुसार हतार हतार गर्दै सैनी बजारमा पिडितलाइ भेटेर राहत बितरण गरि ओहर्किएका थियौं ।
बिनासकारी बाढिपहिरोले उजाड बनेको सैनी बजार पुगेर पुगेर हामी उधौली साझले स्वागत गरि रहेको समयमा हाम्रो टोलि रामारोशनमा रहेको रामेमा पुगेका थियौ ।
रामेमा रहेका सबै होटलमा अरु दिन भन्दा बढी नै पर्यटकले खचाखच भरिएका थिए । सरकारी तथा गैर सरकारी कर्मचारीको बाक्लो उपस्थिति रहेकोे थियो । सायद माघ ३० गते लोसार पर्व र फागुन १ गते शनिबार भएकोले होटलमा पहुना बढेको सजिलोसँग अनुमान गरेका थियौ ।
दिनभरको शारीरिक तथा मानसिक थकान रामारोशनको चिसो सिरोठोको स्वागत गरिरहेको बिचमा पत्रकार तपेन्द्र कुवर धनराज साउद र होम साउदले थकाइको कुनै प्रबाह नगरी क्याम्प फाइरको बन्दोबस्तीका समानको ब्यबस्थापन गरे भने कमल रावल कालू बोहरा बिक्रम परियारले भोलिको कार्यक्रमका बारेमा दैनिकी कार्यतालिका बनायौ त्यसै समयमा बिक्रम जिले मेरो थकाइ मार्न रमाइलो गफ गर्दै देउडा गित पनि हाल्न थालेका थिए ।
रामेमा रहेका सबै होटलमा क्याम्प फाइरिङ्ग आफू अनुकुलका देउडा गित गुन्जिरहदा बिस्तारै थकान पनि मरि सकेको थियोे अझै पत्रकार पुगेको सुइको पाउना साथ सीता गेष्टहाउसका प्रबन्धक इन्द्र रोकाय राती भेट्न पुगेर थप रमाइलो बनाइ रहेका थिए भने रामारोशन गाउपालिका सूचना केन्द्रका कर्मचारीको सहयोग स्मरण योग्य नै थियोे ।
फागुन १ गते बिहानै उठेर दैनिक नृत्यकर्म गरेर खाजा खाएर रेडियो जनप्रीय, रेडियो बान्निगढी र रेडियो हाम्रो सफलताले एकै पटक रामारोशन बिशेष कार्यक्रमको प्रत्यक्ष प्रशारणमा सबै सहकर्मी जुटेर रामारोशनको पर्यटन प्रबर्द्धनका विभिन्न आयमका बारेमा सम्बाद गरेका थियौ । अनि जिङ्गले तालमा डुङ्गामा सयेर गर्न सबैका मन बरालिएका थिए ।
बिहानका सुर्यका किरण संगै रामारोशनका रमणीय स्थलको अवलोकन गर्दै सफा स्वच्छ निलो जिङ्गले तालमा डुङ्गामा शयर गर्दै फेरि रेडियो टेलिभिजनका लागि कार्यक्रमको उत्पादनमा केही साथीहरू जुटि रहेका थिए ।
यति काम गर्दा समय ढल्केको थाहा भएन एकै पटक बिहानको खाना खाएर सिता गेष्टहाउसमा पुग्दा २६ औं जनयुद्ध दिवसको कार्यक्रमका लागि नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य गोबिन्द साउद सुमन रामारोशन गाउकार्यपालिका वडा नम्बर ५ रामारोशनका वडा अध्यक्ष लक्ष्मण परियार लगाएतका नेता कार्यकर्ता हाम्रो प्रतीक्षामा बसेका थिए हामी पुग्ने बितिकै कार्यक्रम सुरु गरेर शुभकामना आदानप्रदान गर्दै सहिदका सपना पूरा गर्न प्रतिबद्धता जाहेर गरेर हामी फेरि आफ्नो गन्तव्यमा लागेका थियौ ।
भदौ २ गतेको बाढिपहिरोले ज्यान गुमाएका आफन्तलाइ भेटेर शैनिबजारमा राहत बितरण गर्नु पर्ने पुर्ब निर्धारण गरेको कार्यक्रम अनुसार हतार हतार गर्दै सैनी बजारमा पिडितलाइ भेटेर राहत बितरण गरि जन संस्कृति महासंघले आयोजना गरेको मुजाबगरको २६ औं जनयुद्ध दिवसमा भाग लिदै आयोजकले पत्रकारलाई गरेको स्नेह पुर्ण माया ममता स्वागतले थप उत्साह जगाएको थियोे ।
जनयुद्ध दिवसको अवसरमा ४८ जना सहिदका परिवारलाई सम्मान आयोजकले गरिरहदा सहिदका परिवार आफन्तका आँखा रसाइ रहेको दृश्य देख्दा आफ्नो मन थाप्न सकिरहेको थिएन उनिहरुले सहिदको त्याग बलिदानको अपमान नगर्न सबै नेता कार्यकर्तालाई आग्रह गरिरहेका छन ।
रामारोशन गाउँ पालिकाका उपाध्यक्ष सरस्वती रावल नेकपाका नेता रबिन्द्र साउद स्थानीय पार्टी नेता कार्यकर्ता आम नागरिक बाट बिदा मागेर हाम्रो टोलि साफेबगर तर्फ लागेका थियौ ।
हाम्रो अभियानमा सहयोग गर्ने साफेबगरनगरपालिकाका प्रमुख कुलबहादुर कुवर रामारोशन गाउँ पालिकाका अध्यक्ष झंकर साउद उपाध्यक्ष सरस्वती रावल रामारोशन क्षेत्र बिकास तथा पर्यटन ब्यबस्थापन समितिका अध्यक्ष चक्र रावल कार्यकारी निर्देशक गंगा कुवर बुढा रामारोशन गाउँ पालिका सुचना केन्द्रका कर्मचारी तेज रोकाय र सर्जन रोकाय लगाएत टोलिमा सहभागी सबै पत्रकार चालक दानबहादुर चौधरिलाइ धेरै धेरै धन्यवाद ।