असार २६, अछाम
साँफेबगरमा एनआइसी एशिया बैँकले शाखा विस्तार गरेको छ । एनआईसी बैँकले जिल्लाको साँफेबगर हाटजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।

साँफेबगरमा २ सय ८७ औँ शाखाका रुपमा बैँकको शाखा बिस्तार गरिएको बताईएको छ । शाखाले आजबाट नियमित बैँकिँग कारोबार सुरु गरेकोे शाखा प्रवन्धक नर परियारले बताउनु भएको छ ।
एनआईसी बैकको शाखा बिस्तार भएसँगै अछामका व्यापारी,व्यवसायी तथा स्थानिय सर्वसाधारणलाई बैँकिँग कारोवारका लागी सहज हुने शाखा प्रबन्धक परियारले विश्वास व्यक्त गर्नुभयो ।
‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउ गाउमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउँ गाउँमा शाखा बिस्तार गर्ने लक्ष्य अनुसार अछामममा पनि शाखा बिस्तार गरिएको शाखा प्रवन्धक परियारको भनाई छ ।
बिराटनगरबाट सुरु भएको बैंककोJ अहिले देश भरि २ सय ८७ शाखा कार्यालय, ३ सय एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर, ४० वटा ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।