होम साउँद १७ जेठ अछाम
मङ्गलसेन नगरपालिका १२ स्थित स्वास्थ्यचौकी बान्नाताेलिकाे सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य ब्यावस्थापन समिति अध्यक्ष तथा वडानम्वर १२ का अध्यक्ष प्रेम बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रकाे सुधारका विभिन्न विषयमा छलफल गरिएको थियाे ।

कार्यक्रममा स्वास्थ्य शिक्षाका कारण वडामा स्वास्थ्य अवस्था सुधार भैरहेको सहभागीले बतायका थिए । कार्यक्रममा स्वास्थ्य को भवन निर्माण, खानेपानी ब्यावस्थापन, घेरापर्खाल निर्माण, सामुदायिक स्वास्थ्य ईकाईको भवन र खानेपानी निर्माण, गाउघर क्लिनिक भवन निर्माण, ल्याव सेवा संचालन र सूचना पाटि तथा निशुल्क औसधिको लिस्ट उचित ठाउमा राख्ने जस्ता कार्ययोजना तयार पारिएको छ ।
सामाजिक परिक्षणमा बोल्दै वडा अध्यक्ष तथा स्वास्थ्य ब्यावस्थापन समिति अध्यक्ष प्रेम बहादुर रावलले स्वास्थ्या सस्थाबाट गुणस्तरीय सेवा प्रदानका लागि विभिन्न प्रयास गरिरहेकाे बताउनुभयो । सामाजिक परिक्षणमा उठेका सवाललाई पूरा गर्नका लागि पहल गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो ।
बान्नाताेलि स्वास्थ्य चौकिले दिने सेवालाई अझ प्रभावकारी बनाउनका लागि सबै सरोकारवाला को साथ र सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो । वडा अध्यक्ष रावलले स्वास्थ्य कार्ययोजना को कार्यन्वयनका लागि पनि सहयोग गरिदिन आग्रह गर्नुभयो ।
सहभागी र सरोकारवाला बिच स्वास्थ्य क्षेत्रको सुधारका विसयमा बृहत् छलफल भयको सामाजिक परिक्षण कार्यक्रममा वडा सदस्य प्रमाेद साेप, पदम बहादुर रावल, कर्ण कुमारि शाहि, नेकपाका गङ्गा दत्त भाट, नेपाल तरुणदलका जिल्ला उपाध्यक्ष रमेश बिष्ट, महिला स्वास्थ्य स्वयमसेविका,अाका समुहका अध्यक्ष तथा सदस्य लगायत सराेकारवालाकाे सहभागीता रहेकाे थियाे । सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्यचौकी इन्चार्ज लक्षमण कुमार भण्डारीले स्वास्थ्य सस्था मार्फत प्रवाह गरिएको सेवाका विषयमा जानकारि गराउनुभयकाे थियाे भने सहजिकरण सुदुर सञ्चार समाज नेपालका हाेम बहादुर साउद र चन्द्र थापमले गर्नुभएको थियाे ।