चन्द्र भण्डारी, साउन ३ अछाम
कमलबजार नगरपालिका वडा नम्वर ५ कुइकामा एचआईभी सक्रमित हरुलाई खाद्येन्न वितरण गरीएको छ । वडाका १२ जना एचआईभी सक्रमित हरुलाइ खाद्येन्न बितरण गरीएको हो । खोद्येन्न समाग्री अन्र्तगत प्रत्यक व्यक्तिहरु लाई ६० केजि चामल र दाल, नुन ,तेल बितरण गरिएको बताईएको छ ।

आर्थिक बर्ष २०७५÷७६ मा एचआईभी संक्रमितहरुको लागी बिनियोजित ५० हजार बराबरको रकम बाट एचआईभी सङ्क्रमित लाइ राहत स्वरुप ,खाद्यान्न सहयोग गरेको हो । उनिहरुलाइ समाजमा अरु सरह बाच्न पाउने र समाजमा केही गर्न पाउने हक अधिकार भएको भन्दै माया र सदभावको आवश्यक पर्ने वडा अध्यक्ष नन्दराज चलाउनेले बताउनुभयो ।
एचआईभी संक्रमित ब्याक्ती लाइ आफु सधै माया र सहयोग गर्ने बताउनु भएको छ । वडा अध्यक्ष नन्दराज चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सत्यराज तिमिल्सिना, मन्जित, स्वस्थ्य इन्चार्ज राधा परियार लगायत सम्पुर्ण सरोकारवाला को उपस्थित रहेको कार्यक्रम को सन्चालन सत्यराज तिमिल्सिनाले गर्नु भएको थियोे ।