शंकर थापा जेष्ठ १८ अछाम
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालीकाका वडा अध्यक्ष लाल कामीले यस आर्थिक बर्षमा सँचालित बिकासे योजनाको काम अन्तीम चरणमा पुगेको दाबी गर्नु भएको छ । रेडियो बान्नीगढीसँगको कुराकानीका क्रममा अध्यक्ष कामीले ९९ प्रतिशत योजनाको काम सम्पन्न भएको दावी गर्नु भएको हो ।

गाउँपलिकाबाट यस आर्थिक बर्षमा वडा नम्बर वडा नम्वर ५ कालीकाका लागी बिनियोजीत ५५ लाख बजेट मध्य ९९ प्रतिशत बजेट खर्च भईसकेको र बाँकि योजना अन्तिम चरणमा रहेको उहाको भनाई छ । वडामा सँचालित योजनाहरु मध्य केही योजनाहरुमा उपभोक्ता समितिले लापरबाही गर्दा काममा ढिलाई भएको समेत उहाले बताउनु भएको छ ।
वडामा सँचालित योजनाको काम गुणस्तरीय रुपमा सम्पन्न गर्न अनुगमनमा जोड दिएको बताउदै वडा अध्यक्ष कामीले समयमै काम सम्पन्न हुने उल्लेख गर्नुभयो । यसै बिच आज हामीले बिकास निर्माण र बजेट खर्चका बिषयमा वडा अध्यक्ष लाल कामीसंग कुराकानी गरेका छौँ ।
सुनौँ यो कुराकानी