लाल बहादुर चदारा साउन ७ अछाम
मेल्लेख गाउपालिका वडा नम्वर ३ ठाटिको आर्थिक बर्ष २०७५÷७६ को सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष अध्यक्ष केशर बहादुर शाहको अध्यक्षतामा भएको सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख अथिति मेल्लेख कार्यपालिका सदस्य नरेन्द्र नेपाली रहनु भएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७५÷७६ को बिकास निमाण वडा बाट प्रबाह गरिने सेवा सुबिधाको बारेमा जानकारि हितको प्रतिबेदन प्रस्तुत वडा नम्वर ३ का वडा सचिब नरेन्द्र शाहले प्रश्तुत गर्नु भएको थियो । वडामा उठेका सवलको बिषयमा वडा अध्यक्ष केशर बहादुर शाहले उतर दिनुभयको थियो ।
सामाजिक अभियान प्रति उठेका सवाल माथि मेल्लेख गाउकार्यपालि सदस्य नरेन्द्र नेपालिले सवाल माथि जवाफ दिनु भएको थियो । स्वास्थ्य क्षेत्रको सवाल सेवा प्रबाह को बारे स्वास्थ्य चौकि ठाटिका माया शाहले जानकारि गराउनु भयो ।
सार्वजनिक सुनवाइ कार्यक्रममा नेपाली काग्रेसका पृथ्वी शाह नेकपाका प्रतिनिधि खडक शाह पिपलचौर माबि बिब्यस अध्यक्ष अनिल शाह लगायतले प्रतिबद्धता तथा सुझाब राखेका थिए । वडा कर्मचारी प्रेम बहादुर बुढाले ले स्वगत मन्तब्य बाट सरु भयको सार्वजनिक सुनुवाइ कार्यक्रमको संचालन तथा सहजि करण पत्रकार लालबहादुर चदारा ले गर्नु भएको थियो ।