शंकर थापा जयगढ अछाम
अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाका युवा नेता दिपक शाह अहीले चाउमिन व्यावसाय बाट मनग्य आमदानी गरीरहनुभएको छ । गाउँपालिकाको व्यापारीक केन्द्र जयगढको एक्लेसल्लामा चाउमिन व्यावसाय सुरु गर्दै अहीले मनग्य आम्दानी गरीरहनुभएको हो ।

उहाँले अहीले व्यावसाय बाट महिनाको २५ देखी ३० हजार सम्म मासीक आम्दानी गरीरहनुभएको छ । व्यावसाय बाट आफु सन्तुष्ट भएको बताउदै व्यावसायी शाहले घर खर्च,छोरा छोरीको पढाई यसबाटै गरीरहेको बताउनुभयो । आफुले उत्पादन गरेको चाउमीनले अहीले राम्रो बजार पाएको उहाँको भनाई छ ।
सामाजिक काममा सक्रिय शाह अहीले व्यावसाय बाट मनग्य आम्दानि गर्दै आउनुभएको छ । हजार बाट सुरु गरेको व्यावसाय अहीले लाखौँमा पुगाउनुभएको छ । व्यावसाय सुरु गर्दा आफन्त बाट सहयोग खासै नीमीलेको र अहीले व्यावसाय फस्टाउदै गएपछि दाजु भाई लगायतको सहयोग पाईरहेको बताउनुभयो ।
व्यासाय सुरु गर्दा उद्योग दर्ताको लागी भन्दै बान्नीगढी जयगढ गाउँपालिकाले २ लाख सहयोग गरेर आफुले व्यावसाय सुरु गरेको उहाँ बताउनुहुन्छ । आफुले जिवनमा धेरै संघ्रर्स गर्दै यहाँ सम्म आएको बताउदै शाहले मेहनेत गरेपछि र योजना बनाएर काम गरे सम्भव हुनेमा बिस्वस्त हुनुहुन्छ ।
युवाहरुलाई काम पाएन भनेर चभौतारीनु भन्दा पनि अग्रज व्यक्तित्वहरु संग सुझाब सल्लाह लिनु पर्ने उआँको भनाई छ । जिल्लाको जयगढ बजार,मुजाबगर क्षेत्र र अन्य बजारहरुमा आप्नो चाउमिन बिक्री हुने गरेको बताउनुभयो । उहाँले बेरोजगार युवाहरु लाई रोजगार पाएन भन्दा पनि योजना बनाएर व्यावसाय गर्न उहाँ सुझाब दिनुहुन्छ ।
यसैबिषयमा आज हामीले युवा नेता तथा चाउमिन व्यावसायी दिपक शाह संग कुराकानी गरेका छौँ ।।
सुनौँ यो कुराकानी