औंरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ जनाको लुका कारण मृत्यु भएको हो ।
राज्य सरकारका तर्फबाट मृत्यु भएकाका परिवारलाई चार चार लाख रुपैयाँ दिने घोषणा गरिएको छ ।

बिहारमा लिची खाएका कारण फैलिएको भनिएको ज्वरोका कारण मृत्यु हुने क्रम अझै रोकिएको छैन । लिची खाँदा त्यसमा हुने रसायनका कारण थप २० बालबालिकाको मृत्यु भएको छ । यो रोगका कारण हालसम्म करिब १ सयको मृत्यु भएको बताइएको छ ।
बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो ।
स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडि लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन् ।
‘अन्तर्राष्ट्रिय विज्ञहरूले हामीलाई भनेअनुसार लिची त्यस्तो प्रकारको रसायन हुन्छ । लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ। जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारले भने,‘ मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो। बालबालिकाको मृत्यु हुनुमा लिचीको भूमिका छ भन्ने हाम्रो शंका हो । तर यो पनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ। लिची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन् ।’
बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए ।
मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए ।
बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ ।
चिकित्सकका अनुसार लिचि खाएर मर्नेमा मुख्यतः गरिब परिवारका बालबच्चा छन् । कुपोषणका शिकार बनेका बालबालिका गर्मीको समयमा लामो समयसम्म भोकै रहँदा उनीहरूको रगतमा चिनीको मात्रा कमी हुन जान्छ। शरीरमा पानीको मात्र पनि कम हुन्छ । यसरी रगतमा चिनीको मात्रा कम भएको बेला लिची खाँदा त्यसले तुरुन्तै असर गर्छ । र ज्यान सम्म जाने गरेको छ ।