आषाढ़ ७ गते, २०७६ मा प्रकाशित
एजेन्सी। अमेरिकाको हवाइमा विमान दुर्घटना हुँदा विमानमा सवार ९ जना सबैको मृत्यु भएको छ। यो विमान स्काइडाइभरहरुले प्रयोग गर्ने विमान भएको अधिकारीहरुले जनाएका छन्।

दुर्घटना हुँदा विमानमा सवार स्काइडाइभरहरुका परिवारका सदस्य घटनास्थलबाट केही दूरीमा रहेको बताइएको छ। विमान दुर्घटना भएपछि उद्धारका लागि पुगेका अग्नी नियन्त्रकले विमानको अवशेष पूरै जलेर ध्वस्त भएको बताएका छन्। होनोलुलु फायर डिपार्टमेन्टका प्रमुख म्यानुएल नेभेसले यो आफ्नो ४४ वर्षको करिअरमा सबैभन्दा दर्दनाक घटना भएको बताएका छन्।