शंकर थापा
स्वतन्त्र युवा क्लब भारत तेल्ङ्गाना हैद्राबादको पहिलो बैठक सम्पन्न आईतबार सम्पन्न भएको छ । युवा क्लवको सम्पुर्ण पदाधीकारीहरुको सभागीतामा आज बैठक सम्पन्न भएको हो ।

युबा क्लबका अधक्ष अपिल केशिको अध्यक्षतामा भएको युवा क्लव लाई कसरी अगाढी बढाउने,युवा क्लवले के कस्ता कामहरु गर्ने,आगामी दिनहरुमा क्लवले कस्ता कामहरु गर्ने,समाज परिबर्तनका लागी युवाहरुले के कस्ता भुमिका खेल्न सक्छन भन्ने बिषयमा छलफल गरीएको छ ।
क्लवका पदाधीकारीहरुले क्लव लाई चलायमान र सक्रिय बनाएर अगाडी बढ्नका लागी सबै एक जुठ हुन पर्ने बताएका छन । युवा एकता जिन्दाबाद,हामी युवा एक हौँ, भन्ने मुल नाराका साथ आज बैठक सम्पन्न गरीएको हो । कार्यक्रमको संञ्चालन क्लवका सचिव मोडल थापाले गर्नुभएको थियो ।