कमल रावल, मुम्बई
भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ निवासि ३० बर्षिय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकि घटनास्थलमै मुत्यु भएको उहाका अाफन्तले बताएका छन ।

गुजरातको वापिमा काम गर्दै अाएका मोहन अाफनो श्रीमति डुप्कि परियार नेपालबाट अाफन्तसग महाराष्ट्रको ठानेसम्म अाएपछि लिनका लागि रेल यात्रा गर्दै अाईरहेका थिए ।
घरबाट अाएको श्रीमति डुप्कि परियार भेटन नपाउदै ठाने जाने क्रममै मुम्बईको पालघरमा उहाको मृत्यु भएको थियो ।
अाईतबार पालघारमा पोष्टमार्टम भएपछि ठाने अाफन्तले सब बुझेर अन्तिम दाहासस्कार गरिसकेका उनका भाई प्रबिण विकले जानकारि दिनु भयो ।