साउन २९ कोरिया
दक्षिण कोरिया को ख्यङ्ग्सान नाम्दो जिल्लाको गजेदो स्थित डेउ शिप बिल्डिङ्ग तथा मरिन न्जिनियरिङ्ग(daewoo ship building and marine engeeniaring DSME ) कम्पनी मा कार्यरत नेपालिहरुको साझा संस्था डेउ नेपाली एकता समाजले यहि मिति २०७६ श्रावण २७ गते आइतबार तदनुसार सन२०१९अगष्ट११तारिक का दिन तेस्रो अधिबेसन “हाम्रो चाहना प्रबासी एकता र अपसी सदभाव को कम्णा भन्ने मुल नाराका साथ सम्पन्न गरेको छ।

स्थानिय समय अनुसार दिउसो एक बजे देखी सुरु भएको उक्त कार्यक्रमको खुल्ला शत्रको संचालन समितिका सचिब दिपक पौडेल ले गरेका थिए भने सभापतित्व संस्थाका निबर्तमान अध्यक्ष तथा अधिबेसन आयोजक समितिका संयोजक कमल मिश्रले गरेका थिए।
आयोजक समिती सदस्य गोकुल प्रशाद दंगाल को स्वागत मन्तब्य बाट सुरु भएको उकत कार्यक्रमका प्रमुख अतिथी NRN कोरिया बुशान शाखाका महासचिब दिनेश पाठकले संस्थाको बिकाश प्रगतिको लागी शुभ कामना ब्यक्त गरेका थिए भने संस्थाका सल्लाहाकारहरु हर्कसिंह के सि तपश तामाङ्ग लगायता बक्ताले संस्थालाई राजनितिकरन र
भावनात्मक बिभाजन बाट बचाएर पुर्ब मेची देखी पश्चिम महाकाली र हिमाल देखी तराइ सम्मको उपस्थी रहेको यस समाजलाई साच्चिकै नेपालिहरुको साझा संस्थाको रुपमा बिकास गर्न सक्षम शशक्त र सबैलाई समेटेर लिन सक्ने नेतृत्व आउनु पर्ने कुरामा जोड दिएका थिए।स्मरण रहोस उक्त कम्पनी मा करिब चार सय बढी नेपालिहरु कार्यरत छन।
सन २००८ मा eps मार्फत नेपाली कमदार कोरिया आउन थाले पछि थोरै संख्यामा रहेका नेपालिको संख्या सन २०१५/१६ तिर करिब ८०० बढि पुगेको थियो। त्यतिबेला सम्म पनि एउटा साझा संस्था बन्न नसकेको अबस्थामा तत्काल कार्यरत केहि साथिहरुको पहलमा सन २०१६ मा यो संस्थाको स्थापना गरिएको थियो। जसमा सस्थापकहरु मोहन पन्डित, केशब खड्का, डोलराज बि क, अंशुबर्मा लिम्बु, गंगा फुयाल सुनित थापा लगायतका साथिहरुलाई बिशेष धन्यबाद दिदै हलले स्मरण गरेको छ।
निबर्तमान अध्यक्ष एबं आयोजक समितिका संयोजकले स्थागत प्रगति बिबरण ,निबर्तमान सचिबले बिधान परिमार्जन मस्यौदा र कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सुरु भएको बन्द शत्र मा प्रस्तुत प्रतिबेदनहरु उपर आबश्यक छलफल पश्चात हल ले पारित गर्दै बिभिन्न पदमा पर्न आएका उम्मेद्बारी उपर दाबी बिरोध, छलफल एबं सहमतिका बिभिन्न उपायहरु अपनाउदै अन्तिममा सहमती हुन नसकेका अध्यक्ष र कोषाध्यक्ष का पदहरुमा मतदान प्रक्रिया नै गर्नु परेको थियो।
जम्मा जम्मी चार जनाको उमेद्वारी परेको अध्यक्ष पदका एक जना उमेद्वार गोकुल प्रसाद दंगालले सहमती जुट्न नसके पछि निर्बाचनमा जादा भावनात्मक बिभाजन आउन सक्ने र अन्य उमेद्वारहरुलाई सहमती गर्न सजिलो होस भन्दै निर्बाचित हुने जो कोहि उमेद्वार प्रती आफ्नो सम्मान र सहयोग रहने अभिमत का साथ आफ्नो उमेद्वारी फिर्ता लिनुभएको थियो भने बाकी तिनजना का लागी गराइएको मतदान मा जम्मा ११९ मत खसेको थियो। खसेको मत मध्य एक मत बदर भएको थियो भने ५७ मत ल्याएर नविन के सि अध्यक्षमा निर्बाचित भएका छन।
उनका निकटतम प्रतिद्वन्दी होम नेपालिले ५० मत र अर्का उमेद्वार अर्जुन झागडिले ११ मत प्राप्त गरेका छन।यसका साथै कोषाध्यक्ष मा सुजन शाही ६२ मत का साथ निर्बाचित भएका छन चार जना उपाध्यक्ष मा बिकाश गुरुङ, मुक्ती पुन,उमेश आचार्य र करण तामाङ, सह सचिब मा बिनोद दहाल सह कोषाध्यक्षमा गोपाल मगर सद्स्यमा पृतम गुरुङ्ग,सुदेश बस्नेत,हिमाल पौडेल, सुर्य भुसाल,रेशम घर्ती मगर र मिन थापा मगर निर्बिरोध निर्बाचित भएका छन त्यस्तै सचिब का दुइ प्रत्यासी को सहमती मा गोला प्रथा गराउदा महेश गौतम चुनिएका छन ।
निर्बाचनबाट जम्मा १५ सदस्यीयकार्य समिती चयन भएको छ भने बाकी निर्बाचित कार्यसमितिले मनोनयन गरि समितिलाई पुर्नता दिने छ। यसरी समपन्न भएको अधिबेशन मा निर्बाचन मन्डल का सद्स्य नोबिन्द्र कटुवाल ,बिष्णु घिमिरे तपश तामाङ्ग,महेश बुढाथोकी, कमल मिश्र दिपक पौडेल लगायत ले राम्रो भुमिका खेल्दा निर्बाचन निश्पक्ष र ऐतिहासिक बनेको छ ।
अन्तमा नब निर्बाचित कार्यसमितिलाई समाजका संस्थापक सदस्य एबं सल्लाहाकार डोलराज बिकले सफत खुवाउनुका साथै निबर्तमान अध्यक्षले बधाइ स्वरुप खादा ओढाउनु भएको थियो।यो निर्बाचनलाई कोइ कसैको जित हार नभै यस कम्पनी मा कार्यरत सम्पुर्ण नेपालिको शशक्त कार्य समिती बनेको र आगामी दिनमा नया र सृजनात्मक कामहरु हुने आशा अधिबेसन का सहभागिहरुले ब्यक्त गरेका छन।