भारतको विहार प्रान्तस्थित मुजाफपुरका दुई अस्पतालमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका हुन् ।
वरिष्ठ स्वास्थ्य अधिकारी अशोक कुमार सिंहले केहीमा इन्सेफलिटीजको समस्या देखिएको थियो भने केहीमा तत्कालै ग्लुकोजको मात्रा अत्यधिक घट्ने समस्या देखिएको थियो ।

कम्तीमा ४० अन्य बालबालिकामा पनि यस्तै समस्या देखिएको छ । उनीहरुको अहिले आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । आफूहरु उनीहरुलाई बाचाउने प्रयासमा रहेको उनले बताएका हुन् ।
भारतमा गर्मी मौसममा यस किसिमको रोगको प्रकोप देखिने गरेको छ । भारतमा गर्मी बढेर तापक्रम ४० डिग्री सेल्सियसभन्दा नाघेको छ । भारतमा यो रोगलाई चम्की बुखार भनिन्छ । सन् २०१४ मा यो रोगको कारण १ सय ५० जनाको मृत्यु भएको थियो ।
सन् २०१५ मा अमेरिकी शोधकर्ताले यो मस्तिष्कको रोगको सम्बन्ध विषालु लिचीसँग रहेको बताएका थिए । यस किसिमको रोग लिची प्रशस्त पाइने बंगलादेश र भियतनाममा पनि देखिने गरेको छ ।