भीम बहादुर साउद
काठमाडाैं । दर्शनले भन्छ ‘जतिसक्दो सोचिरहनु चिन्तन गर्नु राम्रो’ विज्ञानले भन्छ ‘सके जति कार्य गनुहोस सोचेर बस्नु भन्दा कार्य गरौँ’ । आजकालको समयमा जल्दोबल्दो आधुनिकिकरणले गर्दा हातमा निजि वस्तु लिएर जुनबेला जहाँ पनि गएका हुन्छाैँ । तपाईँलाई कसैले केही भन्ने वाला छैन । सबैले बुझेका छन् । प्रत्येकको नालिबेलि आफ्नो नोटमा सुरक्षित छ सबैका गतिविधिहरू ।
‘म मात्रै एक्लै छु’ भन्ने तपाईँको कल्पनाले ‘घाँस’ खाइदिन्छ विचार गरौँ । कि वर्तमानको दर्शन यही त होइन कतै ? एक्लै हाँस्नेलाई उहिले मानसिक सन्तुलन गुमेको रूपमा हेरिन्थ्यो अब त जे गरो होस्, कसैलाई मतलब छैन । यी गतिविधिको वास्तविक कथा म सुनाउन सक्छौ तर बोल्न सक्दैन ?

अब अस्पतालको बाक्लो लाइन बसी उपचार गर्नु पर्ने दिनको पनि अन्त्य हुने छ । यी दीन आउन अब धेरै समय लाग्ने छैन । तर हामीले ती दिनको अध्ययन गर्न आवश्यक छ । गाडीमा चढेर सवार गर्न बसपार्क धाउनु पर्दैन गोजीबाट मोबाइल झिक्नु घुइकाउँनुस् फोन तुरुन्तै सवारी तैनाथ हुन्छ ।
तर यात्रामा बरु कपाल बन्ने रेस्मीकाटा घरमै भुलेनी, मोबाइलमा डाटा चाहिँ कहिल्यै नछोडौं । तपाईँ ‘व्यस्त छु’ भन्नलाई वा सेल्फि हानी पोस्ट गर्नेलाई । नभए परोपकारी कार्य गर्नेलाई भए पनि माेबइल नछुटाउ ।
जीवनको एक तिहाइ समय कुरा गदै, चिया पिउँदै, भाषण गर्दै, सुन्दैमा जान्छ । तर खाली गफ चुट्नु भन्दा बरु आमालाई घाँस काट्न सघाऊँ, बुबालाई हलो जोत्न सघाऊँ , चिया पसलमा गफ चुटेर नबसाैँ । देश बनाउने भनेको तपाईँ हामीले हो ।
हामी जे काम गर्ने पनि समय छैन भन्ने गरेका छौँ । तर हामी गफ चुटेर बसिरहेका हुन्छाैँ, केही गर्न सक्दैनौं । हामीले त्यसरी खर्च गरिरहेकाे समयकाे सदुपयाेग गर्याै भने संसारमा असम्भव केहि छैन । हामीले हरेक काम सजिलै गर्न सक्छौँ ।
कुर्चीमा बसेर मोटा-मोटा गफ चुटेर देश बनाउन आफै जुट्नु पर्छ भन्नेले सिनको समेत भाच्दैन् ।अनि कहाँबाट देशले बन्छ ? देश बनाउनका लागि गफ होइन पसिना चुहाउनु पर्छ । हामीले देखेका छौँ, बुझेका पनि बुझेका छाैँ । र सबैलाई थाहा भएकै कुरा हो तर आफूले गरिरहेका कार्यलाई अरूको नजरबाट नियालौँ त के हामी जे गदै छौँ राम्रै गदै छौँ त ?
आज आफ्ना जन्म दिने बुवा-आमालाई भेट्ने समय छैन । बरु विलासिताको समय मोज गर्न समय छ । यो संसार देखाउने आमाबाबुलाई भेट्ने समय छैन । यही हो त हाम्रो आमा-बाबु प्रतिको माया सोचाैँ ।
आखिर यो सब के का लागि हँ ! यात्रा निरन्तर जाला नजाला खै त सुरु गरेका , आफूलाई संशोधन गर्न नसक्लेले विनासिति हावा गफमा मलम लाएर हुन्छ । आफूलाई आफै जसो त बनाऊ कम्तीमा, आफैलाई त चिनौँ ।
(भीम बहादुर साउद नेपाल युवा परिष केन्द्रीय सदस्य)