शंकर थापा अछाम
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्ना स्थीत ऐश्वर्य माद्यामिक विद्यालयको ८ कोठे भवनकको कामले तिब्रता पाएको छ । विद्यालयमा आउदो आर्थिक बर्ष बाट १२ कक्षा सम्मको कक्षा सञ्चालन गरीने भएकाले कक्षा कोठाको व्यास्थापनको लागी भनको काम अगाडी बढाईएको हो ।
प्रदेश सरकार बाट बिनियोजीत आर्थिक बर्ष ७५÷७६ को ७५ लाखको लागतमा २ ओटा भवनको ८ कोठाको भवनहरु निर्माण गरीन लागीएको हो । यो भन्दा अगाडी कक्षा १० सम्म सञ्चालन हुदै आएको विद्यालयमा कक्षा १२ सम्मको कक्षा सञ्चालन गरीने भएको छ ।
अहिले भवनको पिल्लर गाड्ने काम सकेर वाल चिन्नेकाम भईरहेको छ । वाल चिन्ने काम पनि एक महिना भित्र सकेर छत समेत हाली सक्ने बताईएको छ । अहीले कामदारहरु बिहान देखी साँझ सम्म रिन्तर रुपमा काम गरीरहेका छन ।

विद्यालयका अन्य भवनहरुको भौतिक संरचना जिर्ण बन्दै गएको नयाँ भवनमा पढाई सञ्चालन गर्ने तयारी गरीएको पनि विद्यालयले जनाएको छ । विद्यालयका पुराना भवनरुको भौतिक संरचना पुराना बन्दै गए संगै विद्यार्थिहरुमा पनि त्रास सृजना भएको छ ।
पढाईको समयमा कतै विद्यालयको भवन भत्कीने हो की भन्ने डरले विद्यार्थिहरु चिन्तीत बनेका छन । विद्यालयको २ वटा नयाँ भवनको कार्यले तिब्रता पाए संगै विद्यार्थिहरु पनि निकै हर्सित भएका छ । बर्षोै सम्मको डर बाट मक्त हुने भन्दै विद्यार्थिहरु निकै हर्सित भएका हुन ।
नयाँ बन्ने विद्यालयका संरचनाहरु भुकम्प रहीत र आधुनिक डिजाईनमा बन्न लागेका विद्यालयका सहायक प्रधानाध्यापक भोज बहादुर धामीले बताउनुभयो । विद्यालयको काम अबको एक महिना भित्रमा सम्पन्न गरीसक्ने गरी काम सुचारु भएको पनि उहाँले जानकारी गराउनुभयो ।
वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जिबनको सबै भन्दा ठुलो अंग शिक्षा भएकाले आफुले पहिलो नम्वरमा शिक्षा लाई जोड दीएको बताउनु भएको छ । उहाँले विद्यालयका भौतकि संरचनाहरु सबै फेर्नु पर्ने भन्दै आगामी आप्नो कार्यकाल भित्र वडाका सबै विद्यालयहरु सबै नयाँ निर्माण गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयका भवनहरु लाई निकै राम्रो र दिगो रहने गरी काम गर्न पनि उपभोक्ता समिती लाई निर्देशन दिलनुभयो । उपभोक्ता समितीले पनि ताकेकको समयमा काम सम्पन्न गर्ने गरी काममा निरन्तर्ता दीएको छ । उपभोक्ता समितीका अध्यक्ष धन बहादुर रावतले तोकेको समय भन्दा अगाडी नै काम सकीने बताउनुभएको छ ।
दीगो र पारदर्सि तरीकाले भवनहरु विद्यालय लाई हस्तान्तण गरीने प्रतिबद्धता जनाउनुभयो । यो काममा सबै लाई सहयोग गरीदिन पनि सबै स्थानियहरु लाई आग्रह गर्नुभयो । भवन निर्माणको काममा तिब्रता दिन अहीले ऐश्वर्य मावीका शिक्षक,वडा अध्यक्ष कडायत,उपभोक्ता समितीका पदाधीकारी र स्थानिय बासीन्दा सक्रिय रुपमा लागी परेका छन ।