अछाम : कार्यालयको समयम भित्र आएर कर्मचारीलाई गालीबेईजती गर्ने ब्यक्तिलाई कार्बाही गर्नुपर्ने माग गर्दै मंगलसेन नगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रेस बिज्ञप्ति जारी गरेका छन ।
ठेकेदारहरुले प्रकृया नपुगेको कामको भुक्तानि नदिएको भन्दै कार्यालयका लेखापाल दिपक प्रसाद भण्डारीलाई गालीबेईजती गर्नुका साथ अक्रमणको समेत प्रयास गरेको विरोधमा नगरपालिकाका कर्मचारीहरुले संयुक्त रुपमा प्रेसबिज्ञप्ती जारी गरेका हुन ।

केही गलत नियत भएका ब्यक्तिहरुका यस्ता गतिविधीले कर्मचारीहरुको मनोबल कमजोर पार्ने भएकाले यस्ता निकृष्ट कार्यको गतिविधी दोहोरियमा डटेर सामना गर्ने कर्मचारीले चेतावनी दिएका छन ।
कर्मचारीहरुको संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा घट्नाको यर्थात छानबिन गरि दोषीमाथि कानुनी कार्बाहीको माग गरिएको छ ।