अछाम
लैङ्िगक हिंसा र कानुनी प्रक्रिया सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रमको आज समापन भएको छ । साउन ३२ देखि भदौ २ गतेसम्म साफेबगरमा सन्चालन भएको कार्यक्रममा स्थानीय न्यायीक समितिका पदाधिकारी , प्रहरी , सेफ हाउस र ओसिएमसीका प्रतिनिधि सहभागी भएका थिए । जिल्ला समन्वय समितीको आयोजनामा भएको कार्यसंयुक्त राष्ट्र संघिय जनसंख्या कोष नर्वेजियम राजदुतावास र जपाइगो सहयोगी संस्थाको रूपमा रहेका थिए ।

स्थानीय तहमा लैङ्िगक हिंसा न्यूनीकरण गर्नको लागि भएको अभ्यास , चुनौती र समाधानका उपाय बारे छलफल भएको थियो । कार्यक्रममा साफेबगर नगरपालिकाका उपमेयर बिर्मला बुढ्थापा , अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाही ,
सेफ होम संचालन गरिरहेको मंगलसेन महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मन्कला न्यौपाने , ओसिएमसिका गंगा बुढामगरले आफ्नो आफ्नो ठाउँमा लैङ्िगक हिंसा न्यूनीकरणका प्रयास र सवाल बारे प्रस्तुति गर्नु भएको थियो
अभिमुखिकरण कार्यक्रमको सहजीकरण अधिवक्ताद्वय मिरा ढुंगानाले गर्नु भएको थियो । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको विषेश उपस्तिथि रहेको थियो ।