राजेन्द्र कुवँर चौरपाटि
स्थानिय कला संस्कृतिको संरक्षण गरौ आन्तरिक पर्यटनको प्रबर्द्धन गरौ भन्ने मुल नाराका साथ चौरपाटी गाउँ पालिकाको आयोजनामा संस्कृति उत्सबको आयोजना गर्दै छ ।

कला संस्कृतिको माध्यम बाट आन्तरिक तथा बाहय पर्यटनको बिकासमा महत्त्वपूर्ण भुमिका रहने भएकोले संस्कृति उत्सबको आयोजना गरिएको गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिनु भयो ।
असार २ र ३ गते चौरपाटिमा रहेको खेलमैदानमा आयोजना गरिएको उत्सबमा बिस्तारै लोप हुन लागेको होलि पुतला पर्छो न्याउले खेल भुव लगाएतका कला संस्कृतिको प्रदशनी गरिने गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो ।
उत्सबको तयारीका लागि विभिन्न समिति उपसमिति गठन भै कामले निकै तिब्रता लिएको निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापाले बताउनु भयो । स्थानीय स्तरमा रहेका सात वटै वडाका विभिन्न कला संस्कृतिको प्रदशनिका साथै रास्ट्रीय स्तरका कलाकारहरुको समेत प्रस्तुती रहने गाउँ पालिकाले जनाएको छ ।
संस्कृति उत्सबलाइ सभ्य र भब्य बनाउनका लागि विभिन्न सबै सरोकारवाला र अतिथी कलाकारलाई आमन्त्रण गरिएको गाउँ पालिकाले जनाएको छ ।