अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाले बयालपाटा अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ ।
गाँउपालिका अध्यक्ष राजेन्द्र खड्काले सोमबार एक लाखको चेक बयालपाटा अस्पताललाई प्रदान गर्नुभएको छ।
कोरोना रोकथाम र नियन्त्रणका लागि गाँउपालिकाले अस्पताललाई आर्थिक सहयोग गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
अस्पताले महामारीको समयमा जिल्लाका नागरिकलाई कोरोनाबाट बचाउन उल्लेख भुमिका खेलेको भन्दै आर्थिक सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशीले बताउनुभयो ।
गाँउपालिकाले गरको आर्थिक सहयोगले उचारमा राहत हुने भन्दै बयालापाटा असपतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले पालिकालाई धन्यवाद दिएका छन् ।