मदन पाण्डेय
दश वर्षे युद्वकालिन अवस्था हाम्रै अगाडिबाट गल्ड्याङ मारेको पनि करिब १२ वर्ष पुगिसकेछ। सशस्त्र युद्धकालमा १५ हजार जनाले ज्यान गुमाउनुका साथै डेढ लाखभन्दा बढी मानिस विस्थापित भएका र समग्र देशको स्वास्थ्य, शिक्षा र अन्य भौतिक र आर्थिक विपन्नताबाट देश गुज्रिएको थ्यो।
स्वास्थ्यको समकालीन वृस्तान्त नियाल्ने हो भने कब्जा हुँदै गरेका रोग र ती रोगका उपचार पद्धतिमा भौतिक र मनोसामाजिक असरबाट समग्र स्वास्थ्य स्थितीलाई चुटेको थियो।

स्वास्थ्य पनि एउटा भएको कामदारको कारखाना भएको थियो। २०६२/०६३ मा शान्ति सम्झौता पछि भत्काएका खुट्किला फेरि एक पछि अर्को गर्दै जोडिँदै गए, थपिँदै गए।
यससँगै स्वास्थ्यको नवनिर्मित जगमा पानीको सिँचाइ भएको हो। राणाकालीन, पन्चायत, बहुदल, राजतन्त्र, प्रजातान्त्रिक गणतन्त्र हुँदै लोकतन्त्रलाई आत्मसात गरि संस्थागत गरेका नेपाली जनताले स्वास्थ्यलाई २०७२ असोज ०३ गते संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक सेवाबाट बञ्चित गरिने छैन भन्ने कुरा उल्लेख गरिएको छ।
एकासमयमा बिरामीहरु स्वास्थ्य संस्थामा आएर गुल्कोज पानी चढाई दिनुहोस् भनेर आउनेको निकै लाइन लाग्थ्यो, अनि यस्तो पनि समय थ्यो झाडापखाला र बान्ता भएर थला परि आँखा गडेको बिरामीलाई पानीको थोपा समेत खान दिइँदैनथ्यो।
कुनै पनि किसिमको बिरामी भयो भने सबैभन्दा पहिले धामीझाँक्री देखाइन्थ्यो। बिरामी निको पार्ने बहानामा कालोसेतो बोका, रातो भाले खाने चलन पनि व्यापक चल्यो। भुतप्रेत बोक्सी आदि लाग्यो भनेर बिरामीलाई भकुर्ने चलन पनि हाम्रै समाजमा ब्यस्त थ्यो। वास्तवमा झाडापखाला लागेको बिरामीको शरीरबाट पानीको धेरै मात्रा निष्कासन भैसकेको हुन्छ र उसलाई धेरैभन्दा धेरै पानीको आवश्यकता पर्दछ जसलाई हामी जलवियोजन भन्छौँ।
यसरी पखाला र बान्ता हुने नरोकिएमा तुरुन्तै बिरामीको ज्यानै जानसक्ने खतरा हुन्छ र यस्तो बेला सुइबाट सलाइन पानी वा गुल्कोज पानी र खान सक्ने भए मुखबाट अरु समयभन्दा धेरै पानी खुवाउनु पर्छ। पखाला लागेको बिरामीलाई एक थोपा पानी समेत प्रथा एक दुई दशक भन्दा पहिले देखि हाम्रो समाजमा खुबै थियो। यो त झाडापखालाको एउटा उदाहरण मात्रै हो।
अझै पनि हाम्रो समाजमा जन्डिस वा कमलपित्त भयो भने त तेल लगेर वैद्यको घरमा जाने र बेसार हालेको चिजबस्तु बिल्कुलै नखानुस् भन्ने गर्थे। घरमा ससाना केटाकेटी बिरामी भयो भने चोखा लाग्यो वा नजर लाग्यो भनेर टुनामुना गर्ने चल्ती पनि खुबै जरा गाडेर बसेको छ। समाजमा देखिएको अर्को छाउपडीमा भने खासै प्रगति भएको देखिदैन। तर पनि विगतको जस्तो अन्धविश्वास भने तुलनात्मक रुपमा धेरै नै घटिसकेको छ। र नागरिकको स्वास्थ्य पूर्णतया स्वस्थ रहन यी अन्धविश्वास र कुप्रथालाई जनचेतनाको माध्यमबाट बुझाउन जरुरी छ र अवैज्ञानिक उपचार पद्धति बारे सबै नागरिकलाई सचेत गराउन पनि आवश्यक छ ।
अहिलेको स्वास्थ्य…
यी यस्ता चुनौतीका बाबजुद पनि नेपाली समाजले स्वास्थ्यमा उल्लेखनीय फड्को मारेको छ। अहिले बिरामी भयो भने स्वास्थ्य संस्था जानुपर्छ, बच्चाले स्यास्स्या गर्यो भने कतै निमोनिया त भएन भनेर अस्पताल जानुपर्छ भन्ने चेतना भने हाम्रो समाजमा आइसकेको छ। पखाला लाग्यो भने प्रशस्त पानी र झोलिलो खानेकुरा खानुपर्छ भन्ने पुर्ण चेतनाको विकास भइसकेको छ। बच्चालाई खोप लगाउनु पर्छ, गर्भावस्थामा अरु बेलाभन्दा थप पोषिलो खाना खानुपर्छ, गर्भजाच गराउनुपर्छ र स्वास्थ्य संस्थामा मात्रै सुत्केरी हुनुपर्छ भन्ने जनस्तरमा थाहा भइसकेको छ। र यो सबै स्वास्थ्य सम्बन्धि जानकारी हुनु हामी सबैको गौरवको कुरा पनि हो।
अहिलेको परिस्थितिमा हेर्ने हो भने प्रत्येक वडामा वर्थिङ सेन्टरसहित स्वास्थ्य चौकीको स्थापना भएको छ। स्वास्थ्य सेवाको पहुँच मात्रै भएर हुदैन प्रत्येक व्यक्तिलाई गुणस्तरीय स्वास्थ्य सेवा पनि जरुरी छ। अहिलेको सन्दर्भमा भन्ने हो भने सरुवा रोगमा हामीले उल्लेख्य प्रगति गरिसकेका छौँ।
अहिले हैजा, आउ, झाडापखाला कमै मात्र भेटिन्छन्। नेपालमा खोप सेवा वा राष्ट्रिय खोप कार्यक्रम शुरु भएदेखि नवजात शिशु र पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको दरमा पनि कमी आएको छ। अहिले हामीसँग धनुष्टङ्कार, लहरे खोकी, पोलियो, हात्तिपाइले रोग उल्मुलन हुने अवस्थामा छन्।
यी यावत् विषय बाहेक अहिले जनस्वास्थ्यको ठुलै समस्या नसर्ने रोग हो। रोड ट्राफिक एक्सिडेन्ट्मा कुल दुर्घटनामा पर्ने पछिल्लो ५ वर्षमा मृत्यु हुनेको सङ्ख्या ११२८७ जना छन्। आर. टि. ए पछिको मृत्यु हुनेको बढी हिस्सा मधुमेह, उच्च रक्तचाप, क्यान्सर, र मानसिक स्वास्थ्यले पनि सहयोग गरेको छ।
अबको राज्यको विशेष किसिमको ध्यान जान जरुरी छ यस क्षेत्रमा। महिला स्वास्थ्य स्वयंसेवीका देखि मल्लो मातहतका निकायहरुसँग स्वास्थ्य शिक्षा, समयमै जाचपड्ताल र प्रेषण भयो भने रोगको निदान र उपचार पनि समयमै हुन्थ्यो। यससँगै पछि आउने समस्याका चुनैतिबाट सजक बन्न सकिन्थ्यो।
दुर्गम भेगको स्वास्थ्य
त्यसै गरि महिलाहरुको स्वास्थ्य स्थितिको निरीक्षण पनि पहुँचबाट बाहिर रहेका दुर्गमी महिलाहरुको पनि बिल्कुलै नवीन आयाम सुरु भएको छ केही वर्ष यता। देखिएकै कुरा हो, दुर्गम भेग अछाम ढकरीकी एक महिलाले गर्भपतन सम्बन्धि गरिएको कुब्यावहार।
उनले गर्भपतन गराउन काठको तीखो घोच्ने सियो जस्तै लठ्ठीको आकारको बस्तु यौनाङ्गमा वा पाठेघरमा निमर्म तरिकाले घुसाएर मृत्युु शैयामा पुगेकी ती महिलाकाको कथाबाट धेरै पाठ सिक्न सकिन्छ। बदलिँदो समय र समय सङ्गैको बदलिँदो जनचेतनाले जनस्तरको चासो र शिक्षाको पहुँचले महिला सशक्तीकरणका नारालाई अब्बल बनाएको छ। हरेक क्षेत्रमा भएको समानताले महिलाहरुले आफ्नो देशसँग स्वास्थ्य र शिक्षालाई आफ्नो आधारभूत हक बनाउन ठूलै पैठेबाजी खेली आफूलाई प्रथम दर्जामा पेश गर्न सफल भएका छन्।
देश संघीयतामा प्रवेश गरे लगत्तै थालमै सिंहदरबार पस्किएको अवस्था हो। देश संघीयतामा प्रवेश गरे लगत्तै थालमै सिंहदरबार पस्किएको अवस्था हो।
जसरी स्वास्थ्यमा अनुचित ढंगले बजेट छुट्याएको छ। यसको आधारभूत हक भनेर तोकिएको रातो किताबमा मात्रै सुनिश्चित भएको पाइने छ। अब आफ्नो नागरिकप्रति आफ्नै घरायसी स्थानीय सरकारले उत्तरदायी हुनुपर्छ र नीति निर्माताहरुले स्वास्थ्यलाई प्राथमिकतामा राखेर हालसम्म कमाएका स्वास्थ्यका सुचकहरुको अझैँ उल्लेख्य प्रगति विवरण देख्न पाइन्थ्यो।
स्वास्थ्य चौकीमै ल्याब, एक्सरे सेवा र डाक्टरीय सेवा समेत दिएका उदारणीयहरु पनि छन् र कतिपय ठाउँमा स्वास्थ्य नै ओझेलमा परेका छन्। सरकारले निःशुल्क घोषणा गरेका औषधि र केही महत्वपूर्ण औषधि पनि भण्डारकक्षमा नहुने अवस्था छ र यो कुरा भने अबका नीतिनिर्माताहरुले बुझ्नै पर्छ र यसको समिक्षा भने हुनै पर्छ।
लेखक पाण्डेय अछामको बान्नीगढ़ी जयगढ़ गाउँपालिका–५ कालिका स्वास्थ्य चौकी प्रमुख हुन्।