साउन ४, २०७६ शनिबार
ठिकै छ मलाई बिर्सिदिनू, उपहारहरू जलाइदिनू
सकिन्छ भने मुटु चाहिँ, सकुशल फिर्ता पठाइदिनू ।।
दुस्मन भए पनि माया लाग्छ, बाँचिरहेको हेर्न मन छ
हृदयघात् भएर मर्ला मेरो जितको खबर नसुनाइदिनू।।

सोधे कसैले कसको कारण यो देश यति पछाडि पर्यो
केही नबोली लगेर उसलाई ऐना अगाडि उभ्याइदिनू।।
बेलाबेला आमा मुर्छा पर्लिन्, मेरो नामले बर्बराउलिन्
तिम्रो सन्तान जिउँदै छ भनेर सालिकतिर देखाइदिनू ।।
होस् नहुनेहरू यस्तै हुन्छन्, अनौठो अनौठो हर्कत गर्छन्
बहुलाहा भनेर यो सरकारलाई, घरीघरी नजिस्काइदिनू ।।
Ujyalonine bata