कमल रावल, जेठ २२, मुम्बई
नव गायक लक्ष्मण अबिनास रावलको लय तथा शब्दमा रहेको ठाँडि भाका गित “निष्टुरिका झल्का” युटुबमा सार्वजनिक भएको छ ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु खिमाडा घर भएको रावलको गित कैलालि जिल्लाको गोदावरि र खानी डाडा क्षेत्रमा छायाकंन गरिएपछि कर्णाली अडियो भिडियो रेकर्डिङ स्टुडियो अत्तरिया कैलाली र युटुबमा बुढा म्युजिक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
गितमा स्वर संञ्चारकर्मि तथा लोक देउडा गायक पवन भण्डारी, निर्देशन सुनिल सागरको छ भने कलाकार मोडेलको रुपमा दिपक रिमाल र दिब्या जोशि रहेका छन ।
सो गितका अडियो र भिडियो रेकर्ड सहित अन्तिम सम्पादनको काम तितेश बैगरले गरेका हुन । माया प्रितीमा समर्पित ठाँडीभाका भएकाले बजार निकै चर्चा पाउने गितका लेखक रावलले बताएका छन ।
सुदुरश्चिको देउडा ठाँटी भाकालाई जोगाउन आफु लागि परेकाले अब छिट्टै दोस्रो कोसेलिको रुपमा “अछाम जाउ पन” देउडा गित आम स्रोता माझ ल्याएर जानकारी दिनु भएको छ ।
भिडीयोको लागी तल हेर्नुहोला
https://www.youtube.com/watch?v=aEQbsxHdecE&feature=youtu.be