अछामी माग्ने बुढाको फेरी चर्चा “लालेकि छोरी”को अपार सफलता पछी’हिरा लाली”को चर्चा (भिडियो)

705
SHARES
755
VIEWS

काठमाडौं(पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । केहि महिना अगाडी”लालेकी छोरी”सार्वजनिक गरेसंगै गायक तथा अछामी माग्ने बुढा जनक साउद एकाएक चर्चामा आएका छन ।
आज फेरी जनक साउदको “हिरा लाली”डेउडा गीत सार्वजनिक भएको छ । सर्जक राजेन्द्र शाह बिपीको शब्द तथा हास्यकलाकार तथा गायक स्वयम जनक साउदको लयमा S3K Entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यतिबेला गायक जनक साउद भने यो गीतबाट दर्शक स्रोताको माझ झन् परिचित हुन् कोसिस गरिरहेका छन् । सुदूरपश्चिमको चर्चित ठाउ रामारोसन गाउपालिकामा दृष्या कैद गरेको यस म्युजिक भिडियोमा दर्जनौ भन्दा बढी नेपाली गीतसंगीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

यस भिडियोमा नब मोडल स्वरोस्वती बन र राजेश साउदको अभिनय रहेको छ । रामारोसन गाउपालिका बासिन्दाले अभिनय गरेको म्युजिक भिडियोमा रामारोसन गाउपालिका स्थानीय कलाकार स्थानीय स्तरमा बनाईएका मौलिक सामाग्री हस्तकला र लोपोन्मुख बाजागाजा पनि देखाईएका छन् ।

म्युजिक भिडियोलाई निर्देशक जनक साउदले निर्देशन गरेका छन । सुदूरपश्चिममा पछिल्लो पटकका चर्चित क्यामेरा म्यान अमित बिकको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन भने अनुप बिकले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित