रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

‘ढिलो आयो कडा आयो’ कसरी जन्मियो ? कसरि भयो रातारात भाईरल ?

‘ढिलो आयो कडा आयो’ कसरी जन्मियो ? कसरि भयो रातारात भाईरल ?
312
SHARES
650
VIEWS
Share on FacebookShare on Twitter

अहिले सामाजिक संजालमा ’ढिलो आयो, कडा आयो’ भन्ने डाइलग चर्चामा छ । बिशेष गरी फेसबुक र ट्वीटरमा यो बढी देख्न सकिन्छ । स्ट्याटस, ट्वीट, कम्नेट, रिप्लाई आदिमा यसको प्रयोग धेरै छ । सामाजिक संजालमा मात्र नभई बोलिचालीमा यसको चर्चा छ । अर्थात यो डाइलग भाईरल नै भएको छ ।

यो भाईरल हुनुको कारण हो अहिले बजार तताएको प्रकाश सपुतको गित ’गलबन्दी’ । युट्युबको ट्रेडिङको नम्बर १ मा रहेको गितको एउटा डाइलग हो ’ढिलो आयो कडा आयो’ ।

यो गित प्रकाश सपुत र शान्ति श्री परियारले गाएका हुन् । अभिनय भने सपुत स्वयं र अन्जली अधिकारीको छ । यो गित गाउँले परिवेशमा रातको समय रोधी बस्ने स्टाइलमा तयार भएको छ । रातको समय गाउँका मानिसहरु टर्च बालेर दोहोरी हेर्न पुग्छन । माहोल तयार भईसकेको हुन्छ । अन्तिममा सपुत पुगेर ’सुरु गरौ ’ भन्दै गित सुरु गर्छन ।

उनले सुरु गर्छन ’भेट भैयो झमक्क साँझमा, राख्छु तिम्लाई यो दिलको माझमा’ । भाका हुन्छ ’गलबन्दी, गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ ।

यसपछि सपुत उताबाट जवाफको लागि केहि बेर पर्खनछन तर जवाफ आउदैन । यो बीचमा उपस्थित भएका अन्य बाट फकाउन नसकेको आदि डाइलग चल्छ ।

फेरी उनी आफै गाउँन थाल्छन ।

’मैले यता मन पेट खोल्नी, ढुंगा हो कि देवता हो नबोल्नी’

यो सक्दा पनि उता बाट जवाफ आउदैन । डाइलगहरु आई रहन्छ ।

फेरी सपुत नै गाउँन थाल्छन ।

’गाईदेउ गित किन भाउ खाकी छौ, कि त् मुखमा पिडालु राखिछौ’

यति गर्दा पनि जवाफ नआए दिक्क मान्दै सपुत ’गाउदिन्न म’ भन्दै उठेर हिड्न खोज्छन ।

बल्ल उताबाट जवाफ आउँछ ’ भो भो कान्छा नगर आश मेरो, त्यो दिलमा हुदैन बास मेरो’ । भाका हुन्छ ’पछ्यौरी, पछ्यौरी च्यातियो तिम्ले तानेर, फकाउन नखोज सोझी ठानेर’ ।

३ पटकपछि बल्ल जवाफ आएपछि सहभागी एक जनाले भन्छन् ’ढिलो आयो कडा आयो’ । अहिले सामाजिक संजालमा उनले भनेकै यो डाइलग भाईरल भएको हो ।

त्यसपछि दोहोरीले निरन्तरता पाउंछ ।

हेर्नुस गित:-

यो पनिः–

‘गलबन्दी’ गायकलाई सिधैँ नेपाल प्रहरीका आइजिपीको फोन !

गायक प्रकाश सपुतलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिएका छन् । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केको धन्यबाद दिँदै निरन्तरताको लागि शुभकामना दिएका हुन् ।

गायक सपुतले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ‘गलबन्दी’ को सफलता सम्पूर्ण संगीतकर्मीका लागि भएको बताएका छन्। ‘गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्ततस् नेपालीलाई नेपालीपन नै मन पर्ने रैछ भन्ने कुरा गित संगित, चलचित्र, साहित्य सबै तिर पुनर्विचार हुन थालेको छ ।हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है।’ उनले भने।

सपुतको स्टाटस

म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ ।

हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ।

यो पर्सनल्ली मेरो र बोलमायार गल्बन्दी टिमको भन्दा पनि समग्र लोक संगितकर्मी लागि सुखद कुरा हो जस्तो लाग्छ । गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्ततस् नेपालीलाई नेपालीपन नै मन पर्ने रै’छ भन्ने कुरा गीत संगित, चलचित्र, साहित्य सबैतिर पुनर्विचार हुन थालेको छ । हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।

चर्चित गायक सपुतसंग केन्द्रबिन्दुले लिएको अन्तर्वार्ताः–

यो पनिः–

गलबन्दीले युट्युब ट्रेन्डिङमा कब्जा जमायो ! (भिडियोसहित)

प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियोले ६ दिन देखि युट्युबको १ नम्बर ट्रेन्डिङ् ओगटेको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतको भिडियोलाई ५० लाख बढीपटक हेरिएको छ ।

सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए ।

गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।

‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपुतले भने, ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु ।’ मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन् ।

म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ । लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपुतले भने, ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु ।’

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन् ।

गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल देखिनुभएको छ । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन ।

भाका नेपाल प्रालिद्वारा निर्मित गीतको म्युजिक भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्जनकोसमेत अभिनय देख्न पाइन्छ । यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बनेका सपुतले सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत मुखरित गर्दै आएका छन् ।

गत वर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो । विषयवस्तुको छनौट र प्रस्तुतीकरणमा ध्यान दिनसके सफल भइने पाठ आफूले सिकेको सपुतको भनाइ थियो ।

पछिल्लो समय लोकदोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन् । गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ चार करोड भन्दा बढी पटक हेरिएको छ । उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ ।

म्युजिक भिडियो हेर्ने, लाइक, कमेन्ट, शेयर र ‘सब्सक्राइब’ गर्नेको संख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ ।

शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । श्रव्य क्यासेट, सिडी, सिआरविटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal