नटिङघमको ट्रेन्ट ब्रिजमा हुनुपर्ने खेल लगातार वर्षा भएपछि टस नै नभइ रद्द गरिएको हो ।खेल रद्ध भएपछि दुवै टिम एक-एक अंक बाँड्न बाध्य भएका छन् । एक अंक जोडेको न्युजिल्याण्ड ४ खेलबाट ७ अंकसहित राउण्ड रोबिन प्रणालीमा जारी विश्वकपको शीर्ष स्थानमा यथावत छ ।
भारत भने ३ खेलमध्ये दुई वटामा जित र एउटामा अंक बाँडेर ५ अंकसहित तालिकाकाे तेस्राे स्थानमा छ । वर्षाका कारण दुवै टोलीले अपराजित यात्रालाई कायमै राखेका छन् । दुवै टोली जारी विश्वकपमा अहिलेसम्म पराजित भएका छैनन् ।

भारतले यसअघिका खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरेको थियो भने न्युजिल्याण्डले श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको थियाे।
विश्वकपमा अर्को खेल भारतले आइतबार पाकिस्तानसँग खेल्नेछ भने न्युजिल्याण्डले बुधबार दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।