डडेल्धुरा, क्यान्सर पीडित डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्रिकेट खेलाडी २६ वर्षीय केशव सिंहको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको छ। कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको हो। उनी अहिले भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा उपचार गराइरहेका छन्।
अपरेशन खर्च वाफत करिब १५ लाख रुपैयाँ लाग्ने भएपछि उनले सम्पूर्णलाई सहयोगको अपिल गरेका छन्। उनी डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर हुन्। उनी युवा समाजसेवी पनि हुन्। सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरुले केशव सिंहको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखामा रहेको खाता नम्बर १९०७०१०००२५६७ मा सहयोग रकम जम्मा गर्न सकिनेछ।

व्यवसायी संघको ११ हजार सहयोग
क्यान्सर पीडित क्रिकेटर सिंहको उपचारका लागि निर्माण व्यवसायी संघ डडेल्धुराले ११ हजार रुपैयाँ प्रदान गर्ने भएको छ। शुक्रबार व्यवसायी संघको ११औँ साधारणसभा एवं ८औँ अधिवेसनका लागि बसेको बन्द शत्रबाट निर्माण व्यवसायी संघ डडेल्धुराले उनलाई ११ हजार उपचार खर्च पठाउने निर्णय गरेको अध्यक्ष बलबहादुर गुरुङले बताए।