जेष्ठ ३२
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहन सफल भएको हो ।

नयाँ वरियतामा नेपालले १५२ अंक पाएको छ । टी-ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा रहेको छ ।
आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा पर्न थालेको हो ।
गत माघमा भएको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो ।युएईसंगको सिरिजपछि नेपालले अन्य एकदिवसीय खेल खेलेको छैन ।
वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् ।