आइसीसी एकदिवसिय विश्वकपमा अहिले दक्षिण अफ्रिका र अफगानिस्तान विच प्रतिस्पर्धा भइरहेको छ । जसमा टस हारेको अफगानिस्तानले ब्याटिङको निम्तो पाएको छ । दक्षिण अफ्रिका इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजित भएको छ भने वेष्ट इण्डिजबिरुद्धको खेल वर्षाले रद्ध भएको थियो ।
सेमिफाइनला पुग्ने झिनो आशा कायमै राख्न दक्षिण अफ्रिकाले अफगानिस्तानबिरुद्ध जित अत्यावश्यक छ । तर त्यसका लागि उसको ब्याटिङमा सुधार हुनु आवश्यक छ ।

यता सुरुआती तीन खेलमा पराजित भएपछि अफगानिस्तान अंकतालिकाको पुछारमा छ । बलिङपक्ष उत्कृष्ट भए पनि ब्याटिङमा अनुभवको कमी देखिएको छ ।