आइसीसी एकदिवसिय विश्वकपमा अष्ट्रेलियाले श्रीलंकालाई तीन सय ३५ रनको लक्ष्य दिएको छ । ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउदै तीन सय ३४ रन बनायो ।
बलियो सुरुवात गरेको अष्ट्रेलियाल पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेको थियो । उसका ओपनर डेविड वार्नर २६ रनमा आउट भए । त्यसपछि तेस्रो नम्वरमा आएका उस्मान ख्वाजा मात्र दश रनमा पेभेलियन फर्किएपछि अष्ट्रेलियाले एक सय रन बनाउदा दोस्रो विकेट खेर फाल्यो ।

तर तेस्रो विकेटका लागि आरोन फिन्च र स्टिभ स्मिथले एक सय ७३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।
जसमा आरोन फिन्चले एक सय ५३ रनको पारी खेले । उनले एक सय ३२ बलमा १५ चौका र ५ छक्का प्रहार गरे । त्यसपछि स्टिभ स्मिथ पनि ७३ रनमा आउट भएपछि अष्ट्रेलियाले दुई सय ७८ रनमा चौथो विकेट गुमायो ।
तर त्यसपछि सस्तैमा दुई विकेट गुमाएपछि अष्ट्रेलियाले तीन सय १९ रनमा सात विकेट गुमायो । उसका सन मार्स तीन तथा एलेक्स क्यारे चार रनमा आउट भए भने प्याट कुमिन्सले खाता खोल्न सकेनन् । उसका लागि ग्लेन म्याक्सवेलले ४० रन बनाए ।