रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

विश्वकपमा पाकिस्तानमाथि भारतकाे जित कायमै  

विश्वकप क्रिकेटमा आज दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
37
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter
 आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ । पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो ।

आईसीसी विश्वकपको हाई भोल्टेज गेममा भारत र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको छ । ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएका बेला पानी परेपछि आधा घण्टासम्म स्थगित भएको खेल पुनः शुरु भएको थियो । बर्षा हुँदा ७१ रन बनाएर क्रिजमा रहेका कप्तान विराट कोहली खेल शुरु भएपछि व्यक्तिगत खातामा ६ रन थप्दै ७७ रन बनाएर आउट भए । कोहली आउट हुँदा भारतको स्कोर ५ विकेटको नोक्सानीमा ३१४ रन रहेको थियो ।

म्यानचेस्टरको वल्ड ट्राफोर्डमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट शुरुआत ग¥यो । भारतका रोहित शर्माले शतक बनाउँदा अर्का ओपनर केएल राहुल र कप्तान विराट कोहलीले अर्धशतक बनाए ।
भारतीय नियमित ओपनर शिखर धवन अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएपछि उनको ठाउँमा राहुलले ओपनिङ गरेका थिए । रोहितलाई गतिलो साथ दिएका राहुलले अर्धशतक बनाउँदै आउट हुँदा भारतले १३६ रन बनाएको थियो । ७८ बल खेल्दै ५७ रन बनाएका राहुल वहाव रजिबको बलमा बाबर आजमको हातबाट क्याच आउट भए । राहुलले आफ्नो इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे ।

राहुल आउट भएपछि मैदान आएका कप्तान बिराट कोहली र रोहित मिलेर भारतको स्कोर २३४ रन पुर्याएका थिए । ९८ रनको साझेदारी गरेपछि भारतको स्कोर कार्ड ठूलो बनेको थियो । जसमा रोहित १४० रन बनाएर आउट भए । आक्रामक पारि खेलेका रोहितले ११३ बलमा १४ चौका र ३ छक्काको मद्दतले १४० रन जोडेका हुन् ।

उनले शतक भने ८५ बलमा पुरा गरेका थिए । शतक बनाउँदा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । बाँकी ४० रन बनाउँदा छक्का प्रहार गर्न नसेके पनि ५ चौका भने थप्न सफल भए ।

केएल राहुलले ओपनिङ आएपछि चौथो नम्बरमा अल राउण्डर हार्दिक पाण्ड्याले २६ रनको योगदान गरे । उनले आफ्नो इनिङ्समा २ चौका र १ छक्का प्रहार गरे ।

पाण्ड्या आउट भएपछि विकेट किपर व्याट्सम्यान महेन्द्रसिंह धोनी क्रिजमा आएका थिए । तर धोनी क्रिजमा भने टिक्न सकेनन् । उनी जम्मा १ रन बनाएर आउट भए । पाँचौं विकेटको रुपमा कोहली ७७ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा रहेका विजय शंकर र केदार जाधवले स्कोर कार्ड ३३६ सम्म पुर्याए ।
विजय शंकर १५ रनमा नट आउट रहँदा केदार जाधव ९रनमा नट आउट रहे ।
पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिँदा हसन अलि र वहाव रियाजले एक एक विकेट लिए ।

३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो ।

वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो  ।

भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो ।  त्यसअघि वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादब खान २० रनमा अविजित रहे ।

भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २/२ विकेट लिए ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal