रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

टी-२० विश्वकपकाे एशिया छनाेटका तयारी सुरु, मलेसियामा २ खेल खेल्ने

टी-२० विश्वकपकाे एशिया छनाेटका तयारी सुरु, मलेसियामा २ खेल खेल्ने
21
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

आइसीसी टी–२० विश्वकपको एशिया छनोटका लागि नेपाली टिमले तयारी सुरु गरेको छ । सिंगापुरमा जुलाई २२ देखि २८ सम्म हुने प्रतियोगिताका लागि नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो । नयाँ प्रशिक्षक उमेश पटवालको प्रशिक्षणमा सुरु भएको क्याम्पको पहिलो दिन सामान्य फिल्डिङ र ब्याटिङ गरिएको थियो ।

प्रतियोगिता खेल्न सिंगापुर जानु अगाडी नेपाली टिमले मलेसियामा १० दिने क्याम्प राख्ने भएको छ । जसमा दुई वटा टी–२० खेल खेल्ने योजना बनाएको छ । पहिलो चरणमा टिममा २५ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । जसबाट करीव दुई साताको प्रशिक्षण र म्याच सिनारियो पछि टिमको छिनोफानो गरिनेछ ।

यो प्रतियोगिता नेपाली टिमका लागि मात्र नभई प्रशिक्षक उमेश पटवालका लागि पनि निकै महत्वपुर्ण रहेको छ । औपचारिक रुपमा नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा आएका पटवालले नेपाली खेलाडीको खेल्ने सैली परिवर्तन भन्दापनि उनीहरुका मानसिकता परिवर्तन गर्नमा बढि जोड दिने बताए । साथै उनले यो प्रतियोगिता आफ्नालागि मात्र नभइ टिमका लागि पनि महत्वपुर्ण हुने बताए ।

प्रतियोगिताको शिर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायर्समा छनोट हुने लक्ष्यमा रहेको नेपालका लागि हरेक खेल जित्नैपर्ने हुन्छ । त्यसमा पनि नेपाली टिमका लागि सिंगापुरको मौसममा पनि भर पर्नुपर्ने हुन्छ । सिंगापुरको बाताबरणमा घुलमिल हुने टिमले १० दिन अगाडी नै मलेसियामा प्रशिक्षण गर्नेछ ।

यस्तै प्रशिक्षक पटवालले टिममा खेलाडी परिवर्तनका लागि अहिले नै भनिहाल्न नसकिने बताए । उनले केहि साताको प्रशिक्षणपछि मात्र टिम कस्तो हुने भन्ने एकिन हुने बताए । यस्तै प्रशिक्षक पारस खड्काले यो प्रतियोगितामा राम्रो क्रिकेट खेल्नुको विकल्प नभएको बताए ।

उनले नयाँ प्रशिक्षक आएर टिममा राम्रो माहोल बनेपनि अन्तिममा खेल्ने खेलाडीले नै भएकाले सबैले राम्रो खेल्नेमा विश्वस्त रहेको बताए । नेपाली टिमको क्याम्पमा यसपटक नन्दन यादवले पहिलो पटक स्थान बनाएका छन । यस्तै बलर जितेन्द्र मुखिया र राजु रिजालले कमब्याक गरेका छन ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal