नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका छन । उनलाई क्यानडामा हुने टि-२० लिगमा विनिपेग हक्सले टिममा लिएकाे छ ।
बिहिबार भएको क्यानडा ग्लोबल टि-२० को ड्राफ्टमा साेमपाललाई न्युनतम ३ हजार अमेरिकी डलरमा हक्सले टिममा लिएकाे हाे । यस्तै स्पिनर सन्दीप लामिछाने ६० हजार अमेरिकी डलरको न्यूनतम रकममा टोरोन्टो टाइगर्समा आबद्ध भएका छन् । साेमपालले खेल्ने टिममा डेविड वार्नर ड्वायन ब्राभाे डेविड मिलर लेन्ड्ली सिमाेन्स डारेन ब्राभाे जस्ता खेलाडी छन । टिमका प्रशिक्षकमा वकार युनिस रहेका छन ।

नेपाली राष्ट्रिय टिमका मुख्य बलर साेमपाल यसअघि क्यारेवियन प्रिमियर लिग र बगलादेश प्रिमियर लिगकाे ड्राफ्टमा परेपनि छनाेट भएका थिएनन् । हाल राष्ट्रिय टिमकाे प्रशिक्षणमा रहेका साेमपाल लामाे पर्खाइपछि विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका छन ।
आइसीसीकाे बरियतामा समेत रहेका साेमपाल अलराउण्डरुकाे भुमीकामा टिममा धेरै पटक राम्राे खेलिसकेका छन । उनी नेपाली टिमका लागि एकदिवसिय खेलमा छ विकेट लिने खेलाडी पनि हुन ।
यता सन्दिपलाई टाइगर्सले टिममा अनुबन्ध गरेकाे हाे । लिसथ मालिङ्गा सुनील नारायन ड्वायन स्मिथ दिनेश रामदिन सिकन्दर राजा रहेकाे टिममा सन्दिपले खेल्ने खेल्नेछन । उनकाे प्रशिक्षकका रुपमा टम मुडी रहेका छन । सन्दिप दुइ साता अगाडीमात्र क्यारेबियन प्रिमियर लिगमा ७० हजार डलरमा विक्रि भएका थिए ।