आईसीसी विश्वकप क्रिकेटमा सर्वाधिक उमेरका खेलाडीको सूचीमा दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेस्ट इण्डिजका क्रिस गेयल र भारतका महेन्द्रसिंह धोनी पर्छन् । यस बाहेक हरेक जसो टिममा अनुभवि खेलाडीहरु पनि छन् । तर तीनिहरुको प्रदर्शन भने विर्सन लायक रहेको छ । जसले गर्दा अबको खेलमा तिनिहरु टिममा नपर्न सक्ने आंकलन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
१. सन मार्स : अस्ट्रेलिया

विश्वकपको सुरुआतमा उस्मान ख्वाजाको विकल्पको रुपमा शन मार्सलाई राखिएको थियो । ख्वाजाले अहिलेसम्म अस्ट्रेलियालाई निराश बनाएका छैनन् । पाँच खेलमा १९.६० को औसतमा ९८ रन बनाइसकेका छन् । मार्क स्टोनिस घाइते भएपछि सन मार्सले खेल्ने मौका पाएका छन् ।तर उनको प्रदर्शन तारिफ योग्य भने देखिएन । दुई खेलमा उनले जम्मा २६ रन बनाए । बंगलादेशविरुद्ध स्टोनिसले कम ब्याक गर्दा उनी बेन्चमा बस्न बाध्य बने ।
२. एन्जेलो म्याथ्यूज : श्रीलंका
श्रीलंकाली टिममा नयाँ खेलाडीहरुको बाहुल्यता छ । यसमा सामेल भएका एन्जेलो म्याथ्यूज अनुभवी खेलाडी हुन् । तर उनको अनुभव जारी विश्वकपमा देख्न पाइएन् । म्याथ्यूजले अहिलेसम्म ३ खेलमा ३ को औसत ९ रन मात्रै बनाएका छन् ।
३. शोयब मलिक : पाकिस्तान
पाकिस्तानी क्रिकेट टिमका सबैभन्दा पाको उमेरका खेलाडी हुन, शोयव मलिक । १९९९ मा एक दिवसीय क्रिकेटमा डेव्यु गरेका मलिकको यो अन्तिम विश्वकप पनि हो । तर उनको खराब प्रदर्शनका कारण लगातार आलोचनाको सिकार बनिरहेका छन् ।
मलिकलाई यो विश्वकपमा पाकिस्तानजको सबैभन्दा भरपर्दो खेलाडीको रुपमा हेरिए पनि उनको प्रदर्शन एकदमै निराशाजनक रहेको छ । तीन खेलमा उनको २.६७ को औसतमा जम्मा ८ रन बनाएका छन् । अस्ट्रेलिया र भारतविरुद्धको खेलमा उनी शून्य रनमै आउट भएका थिए भने इंग्ल्याण्डविरुद्ध ८ रन बनाएका थिए । जसमा पाकिस्तान विजयी भएको थियो । अस्ट्रेलिया र भारतसँग भने पाकिस्तान पराजित हुन पुग्यो ।
४. लहेरु थिरमाने : श्रीलंका
श्रीलंकाका अर्का अनुभवी खेलाडी हुन् लहेरु थिरमाने । तर उनको प्रदर्शन पनि सम्झन लायक छैन् । तीन खेलमा १५ को औसतमा जम्मा ४५ रन बनाएका छन् । जसका कारण उनी आगामी खेलमा प्लेयिङ सेटमा पर्ने सम्भावना कम छ ।