आईसीसी विश्वकप क्रिकेट अहिले इंग्ल्याण्डमा जारी छ । विश्वकप खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । कतिको चाँडै पुरा हुन्छ भने कतिलाई बर्षौ कुर्दा पनि पुरा नहुन सक्छ । केही खेलाडी भने विश्वकपका लागि छनोट भए पनि उनीहरुको स्वास्थ्यले पनि साथ नदिन सक्छ ।
अर्थात विश्वकप खेल्ने टिमका महत्वपूर्ण सदस्य हुँदा हुँदै पनि उनीहरु घाइते भएका कारण प्रतियोगिबाट बाहिरिनु निकै दुःखद कुरा पनि हो । आज हामीले ५ घाइते खेलाडीहरुको बारेमा जानकारी दिन्छौं । जसले जारी विश्वकप मिस गर्न बाध्य भए ।

५. एनरिक नोर्टजे : दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले श्रीलंकाविरुद्ध यसै वर्ष उनले डेव्यु गरेका थिए । जम्मा ४ वटा एक दिवसीय क्रिकेट खेलेका उनले ८ विकेट लिइसकका छन् ।
यीनलाई आईपीएल क्रिकेटमा कोलकता नाइटारइडर्सले लिएको थियो ।
तर हात भाँच्चिएपछि उनी आईपीएलमा सहभागी भएन भने ठिक नभएपछि दक्षिण अफ्रिकाको टिमबाट पनि बाहिर भए ।
उनको ठाउँमा क्रिस मोरिसले दक्षिण अफ्रिाकाको टिममा स्थान बनाउन सफल भए ।
४. झाई रिचर्डसन : अस्ट्रेलिया
अस्ट्रेलियाका झाई रिचर्डसन पाकिस्तानविरुद्धको सिरिजमा घाइते भएका थिए । उनी पूर्णरुपमा फिट नभएपछि अस्ट्रेलियाको अन्तिम १५ मा स्थान बनाउन असफल भए । रिचर्डसनले विगतका सिरिजहरुमा उत्कृष्ट प्रदर्शन गरेकाले विश्वकपको टिममा पर्ने आंकलन गरिएको थियो । तर उनको दुर्भाग्य भनेको घाइते हुनु हो । उनको ठाउँमा अन्तिममा अस्ट्रेलियाले केन रिचर्डसनलाई राखेको छ ।
३. मोहम्मद शहजाद :अफगानिस्तान
अफागानिस्तानका विकेट किपर मोहम्मद शहजाद २ खेल पछि आउट भए । उनलाई घुँडामा चोट लागेको भन्दै अफगानिस्तानको टिम छनोट समितिले बाहिर पठाएको हो । उनको उपस्थिति अहिले पनि अफगान टिमलाई खड्किएको छ । तर उनले राजनीतिक कारणले आफूलाई विश्वकपबाट बाहिर पठाएको र आफू पूर्णरुपमा फिट भएको भावकु सन्देश जारी गरेका थिए ।
२. डेल स्टेन : दक्षिण अफ्रिका
दक्षिण अफ्रिाकाका स्टार बलर डेल स्टेन पनि विश्वकप पर्न नसक्ने अभागी खेलाडीको सूचीमा दर्ज भएका छन् ।
विगतमा उत्कृष्ट फर्ममा रहेका उनी घाइते भएर नै अफ्रिाको टिममा स्थान बनाउन नसकेका हुन् ।
विश्वकप अघि आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका डेल स्टेन घाइते भएपछि आईपीएल पनि गुमाएका थिए । त्यसपछि पनि उनी फिट हुन सकेनन् ।
१. शिखर घवन : भारत
भारतका ओपनिङ ब्याट्सम्यान शिखर धवन पनि विश्वकपबाट बाहिर भएका छन् । अस्ट्रेलियाविरुद्ध शानदार शतक बनाएका धवन घाइते भएपछि त्यस यताका खेलमा मैदान उत्रन सकेनन् ।
चिकित्सकको सल्लाह अनुसार उपचार गर्न भन्दै भारतीय टिमले ब्याक अपका रुपमा ऋषभ पन्तलाई बोलाए पनि अन्तिम समयसम्म पर्र्खिएको थियो ।
तर उनी फिट नहुने भन्दै ऋषभलाई टिममा समावेश गरिसकेको छ भने धवन प्रतियोगिबाट बाहिर भएका छन् । धवनलाई औंलामा चोट लागेको थियो ।