भारतले आईसीसी विश्वकप क्रिकेटमा आज पाँचौं खेल खेल्दै छ । अहिलेसम्म न्यूजिल्याण्डविरुद्धको खेल वर्षाले प्रभावित बनाए पनि बाँकी तीन वटा खेल जित्दै ७ अंकका साथ चौथो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले ६खेलबाट १० अंक जोड्दा ५ खेलबाट ९ अंकसहित न्यूजिल्याण्ड दोस्रो तथा ६खेल खेलेको इंग्ल्याण्ड ८ अंक सहित तेस्रो स्थानमा छ । आजको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेमा कम्तिमा तेस्रो स्थानमा उक्लने छ । अर्को खेलमा न्युजिल्याण्ड वेस्ट इण्डिजसँग पराजित भएमा भारतको दोस्रो स्थानमा उक्लने मौका पनि रहने छ ।

अफगानिस्तानविरुद्धको खेलमा आज भारतीय टिममा केही परिवर्तन हुन सक्ने आंकलन गरिउको छ । जसमा भुवनेश्वर कुमारको ठाउँमा मोहम्मद सामीले मौका पाउने अपेक्षा गरिएको छ । शिखर धवनको ठाउँमा रिप्लेस भएका ऋषभ पन्त पनि प्लेयिङ सेटमा पर्ने अनुमान गरिएको छ । यस्तै अलराउण्डर विजय शंकर भने फिट भएका छन् । खुट्टाको औंठामा लागेको चोट निको भएको जनाइएको छ ।