नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपुर्ण सदस्य दिपेन्द्रसिंह ऐरी चोटका कारण आसन्न आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोट अगाडीकाे प्रशिक्षणमा फर्किएकाे छन । तर उनकाे चोट अझैपनि पुर्ण रुपमा निकाे भइसकेकाे छैन । बाँया हातकाे माझि औलामा चाेट बाेकेका दिपेन्द्र साे औलामा पट्टि बाधेर एक हातले ब्याटिङ प्रशिक्षण गरिरहेका छन ।
ब्याटमा हात बसाेस भनेर दिपेन्द्रले तेज गतिकाे बल भन्दापनि सामान्य रुपमा साथीलाई बल फाल्न लगाएर ब्याटिङ गरिरहेका छन । उनकाे चाेट प्रतियाेगितासम्म ठिक हुने अपेक्षा गरिएकाे छ ।
प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी विरुद्धको खेलमा औंलाको चोट बोकेका दिपेन्द्र ६ साता आराम गर्ने डाक्टरले सल्लाह दिएका थिए ।

हेराै भिडियाेमा