आइसीसी एकदिवसिय विश्वकपमा भारतले अफगानिस्तानलाई दुई सय २५ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको उसले सात रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा मात्र एक रनमा पेभेलियन फर्किए ।
त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुल विच ५७ रनको साझेदारी भएको थियो । जसमा राहुलले २० रन बनाए । त्यसपछि विजय शंकरपनि २९ रनमा आउट भएपछि भारतले एक सय २२ रनमा तेस्रो विकेट खेर फाल्यो । भारतको मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न सकेनन् ।
उसका लागि कप्तान विराट कोहलीले ६७ रन बनाए भने महेन्द्रसिंह धोनीले २८ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्या सात रनमा आउट भए भने मोहम्मद सामी मात्र एक रनमा बाहिरीए । उसका लागि केदार जादवले अर्धशतकीय पारी खेले । उनले अविजीत ५२ रन बनाए । बलिङमा मोहम्मद नावीले दुई विकेट लिए ।
