७ असार । उपाधि दावेदार भारतले आईसीसी एकदिवशीय विश्वकपमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोली अफगानिस्तानमाथि ११ रनको संघर्षपूर्ण जित निकालेको छ । अफगानिस्तानका अन्तिम तीन ब्याट्सम्यानलाई आउट गरी भारतका मोहम्मद सामीले जारी विश्वकपमा पहिलो ह्याट्रिक लिएका छन् ।
साउथह्याम्प्टनमा भारतले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि २१३ रन बनायो ।

मोहम्मद नावीले अर्धशतकीय पारी खेल्दै अफगानिस्तानलाई जित नजिक पुर्याइसकेका थिए । अन्तिम ओभरको तेस्रो बलमा मोहम्मद सामीको बलमा क्याचआउट भएपछि अफगानिस्तानको आशा समाप्त भएको थियो ।