नेप्लेज ८ असार । अफगानिस्तानबिरुद्धको खेलमा शनिबार भारतका मोहम्मद सामीले ह्याट्रिक विकेट लिए । उनले अफगानिस्तानकाम अन्तिम ३ ब्याट्सम्यानलाई लगातार बलमा आउट गरेपछि एकदिवशीय विश्वकपमा दशौं ह्याट्रिक विकेट लिने बलर बनेका हुन् ।
सन् १९८७ को विश्वकपमा पहिलोपल्ट ह्याट्रिक बनेको थियो । त्यसयता हरेकजसो विश्वकपमा ह्याट्रिक बनिरहेको छ र यस संस्करणसमेत गरी ९ बलरले १० पल्ट ह्याट्रिक विकेट लिइसकेका छन् । श्रीलंकाका लसिथ मालिंगाले विश्वकपमा दुईपल्ट ह्याट्रिक विकेट लिएका छौं ।
यहाँ हामीले विश्वकपमा ह्याट्रिक विकेट लिने बलरबारे उल्लेख गरेका छौं ।

चेतन शर्मा (१९८७)
भारत भर्सेस न्युजिल्याण्ड
भारतीय तीव्र बलर चेतन शर्मालाई एकदिवशीय विश्वकप इतिहासमा पहिलो ह्याट्रिक विकेट लिने खेलाडीको रुपमा सधैं सम्झिइनेछ । शर्माले चौथो विश्वकप अन्तर्गत नागपुरमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डबिरुद्ध यो इतिहास रचेका हुन् ।
न्युजिल्याण्डका केन रथरफोर्ड, इयान स्मिथ, इभिन च्याटफिल्डलाई शर्माले आफ्नो शिकार बनाएका थिए । उल्लेखनीय के छ भने उनले तीनै विकेट क्लिन बोल्ड गरेका थिए ।
सक्लिन मुस्ताक (१९९९)
पाकिस्तान भर्सेस जिम्बाबे
विश्वकपमा दोस्रो ह्याट्रिकका लागि १२ वर्ष कुर्नुपर्यो । सन् १९९९ को विश्वकपमा पाकिस्तानका अफ स्पिनर मुस्ताकले जिम्बाबेबिरुद्धको खेलमा विश्वकपमा दोस्रो ह्याट्रिक पूरा गरे । २७२ रनको लक्ष्य पछ्याएको जिम्मेबाबे १२३/७ को अवस्थामा थियो । त्यसपछिका ३ विकेट लिएर मुस्ताकले इनिङ्स सकाइदिए ।
उनले जिम्बाबेका हेनरी ओलोंगा र र्एडम हुक्लेलाई स्टम्पिङ आउट गराए भने ह्याट्रिक विकेट लिने क्रममा अन्तिम ब्याट्सम्यान पोमी बांग्वालाई एलबीडब्ल्यूको धरापमा पारे ।
चामिन्दा भास (२००३)
श्रीलंका भर्सेस बंगलादेश
चामिन्दा भासले विश्वकपको तेस्रो ह्याट्रिक विकेट लिएका हुन् । बंगलादेशबिरुद्धको इनिङको सुरुआती तीन बलमै उनले ह्याट्रिक पूरा गरेका हुन् । भास एकदिवशीय क्रिकेटमै सुरुआती तीन बलमै ह्याट्रिक पूरा गर्ने पहिलो क्रिकेटर पनि बनेका छन् ।
भासले पहिलो बलमा हन्नान सरकारलाई बोल्ड गरेका थिए । दोस्रो बलमा उनले मोहम्मद असरफुललाई कट एण्ड बल गरे । तेस्रो बलमा इसानुल हकलाई स्लिपमा रहेका माहेला जयबद्र्धनेको हातबाट क्याच आउट गराए ।
ब्रेट ली (२००३)
अष्ट्रेलिया भर्सेस केन्या
भासले ह्याट्रिक लिएको ११ दिनपछि अष्टे«लियाका फाष्ट बलर ब्रेट लीले केन्याबिरुद्ध अर्को ह्याट्रिक गरे । भासले सुरुआती तीन बलमा ह्याट्रिक गरेका थिए । ब्रेट लीले डरबानमा आयोजित खेलको चौथो ओभरमा केन्याका सुरुआती तीन ब्याट्सम्यानलाई आउट गरे ।
केन्याका ओपनर केन्नेडी ओटिनोलाई पहिलो शिकार बनाएका लीले ब्रिजाल पटेललाई दोस्रो स्लिपमा रहेका रिकी पोन्टिङको हातबाट क्याच आउट गराए । तेस्रो बलमा लीले उत्कृष्ट योरकरमार्फत डेभिड ओवुयालाई क्लिन बोल्ड गराए ।
लसिथ मालिंगा (२००७)
श्रीलंका भर्सेस दक्षिण अफ्रिका
विश्वकपमा दुईपल्ट ह्याट्रिक विकेट लिने पहिलो क्रिकेटर हुन् मालिंगा । त्यसमध्ये पहिलो दक्षिण अफ्रिकाबिरुद्ध सन् २००७ मा थियो । उनले अरुले भन्दा एक बढी विकेट लिएका छन् ।उनले लगातार चार बलमा विकेट लिए पनि श्रीलंकाको हार टार्न सकेका थिएनन् । दक्षिण अफ्रिकालाई जितका लागि ४ रन आवश्यक थियो र पाँच विकेट बाँकी थियो ।
मालिंगाले साउन पोल्लोक र एन्ड्र्यु हललाई आउट गरे । आफ्नो अर्को ओभरमा पहिलो बलमै ज्याक कालिसलाई ८६ रनमा कट बिहाइन्ड आउट गरे । त्यसपछि माखाया तिनीलाई क्लिन बोल्ड गरे । यति गर्दा पनि १ विकेट बाँकी छँदा दक्षिण अफ्रिकाको जित रोक्न सकिएन ।
केमर रोच (२०११)
वेष्ट इण्डिन भर्सेस नेदरल्याण्ड्स
सन् २०११ मा नेदरल्याण्ड्सबिरुद्धको खेलमा ह्याट्रिक पूरा गरी केमर रोच विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो वेष्ट इण्डियन बलर बनेका छन् । उनले अन्तिमका ३ विकेट लिएर ३३१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ११५ रनमै अल आउट भएको थियो ।
रोचको पहिलो शिकार बनेका थिए, पिटर सेलर । अर्को बलमा बर्नान्ड लुटलाई पनि एलबीडब्ल्यूको धरापमा पारेका थिए । बेरेन्ड वेष्टजिकलाई क्लिन बोल्ड गरेपछि उनले ह्याट्रिकसँगै खेलको अन्त्य गरिदिए ।
लसिथ मालिंगा (२०११)
श्रीलंका भर्सेस केन्या
रोचले ह्याट्रिक लिएको अर्को दिन लसिथ मालिंगाले ह्याट्रिक पूरा गरी विश्वकपमा दुई ह्याट्रिक गर्ने पहिलो क्रिकेटर बने । पहिलो ह्याट्रिकमा जस्तै दोस्रोमा पनि उनले दुई फरक ओभरमा ह्याट्रिक लिएका हुन् । उनले सातौं ओभरको अन्तिम बलमा तान्माय मिश्रालाई एलबीडब्ल्यूको धरापमा पारे ।
उनले नवौं ओभरको सुरुआती २ बलमा लगातार बोल्ड विकेट लिएर ह्याट्रिक पूरा गरे । उनले पिटर अनगोन्डो र सेम गोचेलाई आफ्नो शिकार बनाएका थिए ।
स्टेभन फिन (२०१५)
इंग्ल्याण्ड भर्सेस अष्ट्रेलिया
अष्ट्रेलियाबिरुद्ध खेलमा फाइनल ओभरमा लगातार बलमा ३ विकेट लिएपछि स्टेभन फिन विश्वकवमा ह्याट्रिक लिने पहिलो इंग्लिस क्रिकेटर बनेका छन् । आफ्नो इनिङ्सको ३ बल बाँकी हुँदा अष्ट्रेलिया ३४२/६ को स्थितिमा थियो । यस्तोमा फिनले ब्राड हिडिनलाई स्टुवार्ट ब्रोडको हातबाट डीप क्षेत्रमा आउट गरे ।
अर्को बलमा ग्लेन म्याक्सवेललाई जोय रुटको हातबाट क्याच आउट गराए । मिड अफमा जेम्स एण्डरसनले मिडअफमा मिचेल जोन्सनलाई क्याचआउट गराए ।
जेपी डुमिनी (२०१५)
दक्षिण अफ्रिका भर्सेस श्रीलंका
विश्वकपको नवौं ह्याट्रिक क्वाटरफाइनल चरणमा सम्भव भएको हो । जेपी डुमिनीले श्रीलंकाबिरुद्ध ह्याट्रिक पूरा गरेका हुन् । श्रीलंका ११४/४ को कमजोर स्थितिमा थियो । आफ्नो आठौं ओभरको अन्तिम बलमा डुमिनीले एन्जेलो म्याथ्युजलाई क्याच आउट गराए ।
आफ्नो नवौं ओभरको पहिलो बलमा उनले नुवान कुलासेकारालाई क्वीन्टन डीककको हातबाट क्याच आउट गराए ।थारिन्दु कौशललाई अर्को बलमा बोल्ड गरेपछि उनले ह्याट्रिक पूरा गरे ।
आईसीसीको वेवसाइटबाट अनुवादित