रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई पाँच करोड विनियोजन!

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई पाँच करोड विनियोजन!
40
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले पाँच करोड रकम विनियोजन गरेको छ ।

भरतपुर महानगरपालि र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले  पाँच करोड रकम विनियोजन गरिसकेको छ ।

काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिइन् । भोलि परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि पाँच करोड विनियोजन गर्ने तयारी गरेको छ ।

महानगरभित्र रहेका २९ वटा वडाले  पाँच लाखका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले शुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ ।

महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम शुरु भएको जानकारी दिइन् ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताए ।

कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उनले बताए । गत जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ ।

रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी काठमाडौँमा रहेका छन् । डल्लाकोटीका अनुसार एक दुई दिनमा उहाँहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ ।

फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ । जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् । रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो ।

भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महीनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट रु छ करोडभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ ।रासस

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal