रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

वेष्ट इण्डिजलाई हराएपछि श्रीलंकाको सेमिफाइनल पुग्ने झिनो सम्भावना 

वेष्ट इण्डिजलाई हराएपछि श्रीलंकाको सेमिफाइनल पुग्ने झिनो सम्भावना 
13
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

१६ असार । सेमिफाइनलमा पुग्ने झिनो गणीतिय सम्भावना कायमै राख्दै श्रीलंकाले एबदिवशीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिइसकेको वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको छ ।

विशाल लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३१५ रनमात्र बनाउन सक्यो । उसका शीर्ष क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्नै सकेनन् । सुनील एम्ब्रिस ५ रन बनाएर लसिथ मालिंगाको बलमा आउट भएसँगै क्यालेबियन

टोलीको विकेट पतन सुरु भएको हो । त्यसपछि आएका साइ होपले पनि ५ रनमात्र बनाउन सकेन । तेस्रो विकेटका रुपमा क्रिश गेल ३५ र चौथो विकेटका रुपमा सिमरन हेटमायर २९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा वेष्ट इण्डिजको स्कोेर ८४/४ थियो ।

पाँचौं विकेटका लागि निकोलास पुरन र कप्तान जेसन होल्डरले ६१ रनको साझेदारी गरेपछि इनिङ उकासिएको थियो । होल्डर २६ रन बनाएर आउट भएपछि आएका कार्लोस ब्रेथवेइट पनि ८ रनमा दुर्भाग्यबस रनआउटको शिकार हुन पुगे ।

पुरनले सातौं विकेटका लागि फावियन एलनसँग मिलेर अर्को ८४ रनको साझेदारी गरे । एलनले विष्फोटक पारी खेल्दै ३२ बलमा ५१ रन प्रहार गरे ।

सन् २०१७ को डिसेम्बरपछि पहिलोपल्ट बलिङ गरेका श्रीलंकाका पूर्व कप्तान एन्जेलो मेथ्युजले ४८ औं ओभरमा आफ्नो स्पेलको पहिलो बलमै पुरनलाई ११८ रनमा आउट गरेपछि वेष्ट इण्डिजको सम्भावना सकियो । पुरनले १०३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे ।

बलिङमा मालिंगाले ३ विकेट लिए । उनले १० ओभरमा ५५ रन खर्चिए । वेष्ट इण्डिजका दुई ब्याट््सम्यान रनआउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो । श्रीलंकाले मजवुत सुरुआत गरेको थियो । कप्तान दिमुथ करुनारत्ने र कुशल परेराले ९३ रनको साझेदारी गरेका थिए । ३२ रन बनाएका करुनारत्नेलाई १५.२ ओभरमा वेस्टइण्डिजका ज्यासन होल्डरले विकेटकिपर साइ होपको हातबाट क्याच आउट गराए ।

आक्रामक पारी खेलेका परेरा ६४ रन बनाएर रन आउट भए । त्यतिबेला श्रीलंकाको स्कोर वोर्डमा १०४ रन पुगेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अभिष्का फर्नान्डोले शतक प्रहार गरे । शेल्डन कोट्रेलको बलमा आउट हुनुअघि उनले १०३ बलमा १०४ रन प्रहार गरे ।

चौथो नम्बरका ब्याट्सम्यान कुशल मेन्डिस ३९ रन बनाएर फावियन एलेनले कट एण्ड बोल्ड गर्दै पेभेलियन पठाए । मेन्डिस आउट हुँदा श्रीलंकाले ३१.५ ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । चौथो विकेटको रुपमा एन्जेलो म्याथ्युजलाई श्रीलंकाले गुमायो । म्याथ्युज २६ रन बनाएर आउट भएका हुन् । लिहरु थिरमानेले नट आउट ४५ रन बनाए ।

वेस्टइण्डिजका लागि जेशन होल्डरले २ विकेट लिँदा फाबियन एलियन, ओटाने थोमस र सेल्डन कोल्ट्रेलले एक एक विकेट हात पारे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal