रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बंगलादेशलाई हराएपछि भारत विश्वकपको सेमिफाइनलमा

विश्वकप क्रिकेट : भारतले दियाे पाकिस्तानलाई ३३७ रनकाे लक्ष्य
51
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

१७ असार । बंगलादेशबिरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको छ ।
भारतले लिग चरणकाे ८ खेलमा १३ अंक जोडेको छ । लिगकाे अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१८ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रनमात्र रनमात्र जोड्न सक्यो ।

उच्च लयमा रहेका शकिव अल हसनले ६६ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन नसक्दा बंगलादेशले झिनो हार ब्यहोरेको हो । यो हारले पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा पुग्ने बंगलादेशको सपना कम्तिमा ४ वर्षका लागि धकेलिएको छ ।

ओपनरहरु तामिम इक्वाल र सौम्य सरकाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सौम्यले ३३ र इक्वालले २२ रनको पारी खेले ।

तेस्रो नम्बरमा आएका हसनले ७४ बलमा ६ चौकाको सहयोगमा ६६ रन प्रहार गरे । त्यसपछि आठौं नम्बरमा आएका मोहम्मद सइफुद्धिनले अर्धशतकीय पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनी ३८ बलमा ९ चौकाको सहयोगमा ५१ रनमा अविजित रहे । बंगलादेशको मध्यक्रमले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा पराजित हुनुपरेको हो ।

बंगलादेशका लागि मध्यक्रममा सब्बिर रहमानले ३६ र लिटोन दासले २२ रन जोडेका थिए । कप्तान मश्रफी मोर्तजा ८ र रुवेल हुसेन ९ रनमा आउट भए ।

बलिङतर्फ जसप्रित बुमराहले ४ विकेट लिए । हार्दिक पान्ड्याले ३ तथा भूवनेश्वरकुमार, मोहम्मद सामी र युजवेन्द्र चहलले १÷१ विकेट लिए । बुमराहले १० ओभरमा १ मेडन राख्दै ५५ रन खर्चिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको हो । ओपनरहरु रोहित शर्माको शतक र केएल राहुलको अर्धशतकको मद्दतले बंगलादेशलाई ३ सय माथिको लक्ष्य दिएको हो ।

भारतका रोहित र राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए । पहिलो विकेटका रुपमा रोहित शतकसहित १०४ रन बनाएर आउट भए । यो उनको जारी विश्वकपमा चौथो शतक हो ।

विश्वकपमा चार शतक बनाउने श्रीलंकाका कुमार सांगकाराको रेकर्ड बराबरी गरेका छन् भने भारतको पहिलो ब्याट्सम्यान बनेका छन् । यसैगरी जारी विश्वकपमा सर्वाधिक ५४४ रन बनाउने खेलाडी पनि बनेका छन् ।

रोहित आउट भएपछि क्रिजमा आएका कप्तान विराट कोहलीले २६ रन बनाए । लगातार पाँच खेलमा अर्धशतक बनाएका कोहली आज भने चल्न सकेनन् । ओपनर राहुल भने ७७ रन बनाएर आउट भए । शिखर धवन घाइते भएर प्रतियोगितबाटै आउट भएपछि ओपनिङ आएका राहुलले जारी प्रतियोगितामा २ वटा अर्धशतक बनाए पनि शतक भने बनाउन सकेका छैनन् ।

अर्का युवा व्याट्सम्यान ऋषभ पन्त ४८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्ड्याले खाता खोल्नै सकेनन् भने महेन्द्र सिंह धोनी ३५ रनमा पेभेलियन फर्किएका थिए । तीन खेल पछि टिममा फर्किएका भुवनेश्वर कुमार २ रन बनाएर रन आउट हुँदा मोहम्मद शामी १ रनमा नट आउट रहे ।

बंगलादेशका मुस्फिकुर रहेमानले सर्वाधिक ५ विकेट लिएका थिए । उनले आफ्नो १० ओभरको स्पेलमा ५९ रन खर्चिदा १ ओभर मेडन राखेका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal