जारि विश्वकप अन्तर्गत भारत र बंगलादेशसंगको मंगलबार भएको खेल हेर्न पुगेकी ८७ वर्षीय चारुलता पटेललाई खेल सकिएपछि भेट्न पुगेका भारतीय कप्तान बिराट कोहलीले आफुले दिएको बचन पुरा गरेका छन्।

जित पछि कोहली र उक्त खेलमा शतक बनाएर उत्कृस्ट चुनिएका रोहित शर्मा टिमको जेठी फ्यानलाई भेट्न चारुलता बसेको ठाउँमा पुगे पछि सामाजिक संजालमा उक्त फोटो चर्चित बन्न पुगेको थियो।
कोहली स्वयम्ले चारुलतासंग आफ्नो भेटको फोटो राख्दै उमेर मात्र अंक भएको बताउदै समर्थनको लागि धन्यवाद दिएका थिए।
“म सबै फ्यानहरुलाई समर्थनको लागि धन्यवाद दिन चाहन्छु। विशेष गरि चारुलता पटेल जी, वहाँ ८७ वर्षको हुनु हुन्छ र मैले अहिलेसम्म देखेको मध्ये सबैभन्दा उत्साहित र समर्पित समर्थक हुनुहुन्छ। उमेर एउटा अंक मात्रै हो, लगावले तपाईलाई अघि बढाउछ। वहाँको आशिर्वादले हामि दोश्रो चरण पुगेका छौँ” कोहलीले ट्वीटमा लेखेका थिए।
कोहलीले पुरा गरे बचन
कोहलीले भेटको दौरान चारुलतालाई अन्य खेल पनि हेर्न आग्रह गरेका थिए तर उनले आफुसंग बाँकी खेल हेर्न टिकट नभएको कोहलीलाई बताएकि थिईन्। कोहलीले उनलाई बाँकी खेलको लागि टिकटको व्यवस्था गर्ने बचन दिएका थिए जसको पालना भारतीय कप्तानले गरेका छन्।
“कोहलीले भेटको दौरान वहाँ ( चारुलता ) लाई अंगालो मार्नु भयो र भारतको अन्य खेल पनि हेर्न आग्रह गर्नु भयो” जवाफमा वहाँले “छोरा, म संग टिकट छैन” भन्नु भएको थियो। त्यसपछि कोहलीले “चिन्ता नलिनु, म टिकटको व्यवस्था गर्नेछु” चरुलाताको नातिनी अन्जलीले पीटिआईलाई बताइन्।
आफुले दिएको बचनको कोहलीले पालना गरेको चारुलताको नातिनी अन्जलीले टाइम्स अफ इन्डियालाई जानकारी गराएकि हुन्।
“अब हामिसंग भारतको बाँकी खेलको लागि टिकट छ। श्रीलंकासंगको खेल तथा सेमी-फाइनल र फाइनलको लागि। हामीले अन्य टिकटको लागि पनि आग्रह गरेका थियौं तर उनले जुटाउन सकेनन्”
आफुले दिएको बचन पुरा गरेपछि सामाजिक संजालमा कोहलीको सर्वत्र प्रसंशा भएको छ।
जारि विश्वकपमा भारतले बंगलादेशलाई पराजित गर्दै सेमीफाइनल पुग्ने अस्ट्रेलिया पछि दोश्रो टिम बनेको थियो। अब श्रीलंकासंग शनिवार भारतले लिग चरणको अन्तिम खेल खेल्दैछ।
( हिन्दुस्तान टाइम्सको सहयोगमा तयार पारिएको )