दक्षिण अफ्रिकाको लक्ष्य जितका साथ प्रतियोगिताको अन्त्य गर्नु हुनेछ । तर शनिबार ओल्ड ट्राफोटमा अंकतालिकाको शीर्ष स्थानमा रहेको टोली अष्ट्रेलियाबिरुद्ध जारी विश्वकपमा लिग चरणको अन्तिम खेलको रुपमा दक्षिण अफ्रिकाले कठिन प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यो खेल म्यान्चेस्टरको ओल्ड ट्राफोटमा नेपाली समयअनुसार शनिबार सा“झ सवा ६ बजेदेखि सुरु हुनेछ ।
यस विश्वकपमा अष्ट्रेलियाको दबदवा छ । उसले अहिलेसम्म ८ मध्ये ७ खेल जितेको छ । अष्ट्रेलियाका ओपनिङ ब्याट्सम्यानले सानदार प्रदर्शन गरिरहेका छन् ।

विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले न्युजिल्यान्डबिरुद्धको खेलमा पारीको अन्तयतिर खेल जिताउने प्रदर्शन गरी आफ्नो स्तर प्रदर्शन गरेका छन् । मिचेल स्टार्कको नेतृत्वमा रहेको अष्ट्रेलियाली बलिङ आक्रमण नाथान लियोनको आगमनस“गै अझै मजवुत बनेको छ ।
दक्षिण अफ्रिकाबिरुद्धको जितले अष्ट्रेलियाको अंकतालिकाको शीर्ष स्थानमा रहेर विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्य पनि पूरा हुन्छ । यस्तो भएमा उसले गत संस्करणको फाइनल प्रतिद्वन्द्वी न्युजिल्याण्डस“ग सेमिफाइनलमै खेल्नुपर्नेछ ।
चोटका कारण मिडिल अर्डर ब्याट्सम्यान सन मार्स विश्वकपबाट बाहिरिएका छन् । तर आरोन फिन्च नेतृत्वको अष्ट्रेलियाली टोलीले पिटर ह्यान्डस्कोम्बलाई टिममा बोलाइसकेको छ । उनले गत वर्ष भारतबिरुद्धको शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
दक्षिण अफ्रिका आफ्ना स्टार खेलाडीको चोट र गुमेको लयका कारण पीडित छ । चारपल्टको सेमिफाइनलिष्ट टिम ८ खेलमा २ जितका साथ अंकतालिकाको आठौं स्थानमा छ । क्रिश मोरिस, रसी भान डर डुसेन र इमरान ताहिरले मात्र स्तरीय प्रदर्शन गरिरहेका छन् ।
पछिल्लो खेलमा श्रीलंकाबिरुद्धको ९ विकेटको जितमा कप्तान फाफ डु प्लेसिस र हसिम अम्लाले उल्लेखनीय प्रदर्शन गरेका थिए ।
सन् १९९९ को विश्वकप सेमिफाइनलमा यी दुईटिम आमने सामने भएकोमा अस्ट्रेलियाले झिनो जित हासिल गरेको थियो । पछिल्लो हेड टू हेडमा दक्षिण अफ्रिका अगाडि छ । उसले पछिल्लो १० खेलमा ८ जित निकालेको छ । तर, अहिलेको अवस्थामा अष्ट्रेलियालाई हराउन दक्षिण अफ्रिकाले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।