साँफेबगर नगरपालिकामा सुरु भएको११ औ राष्ट्पति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय खेलकुद प्रतियोगिता २०७६ सप्पन्न भएको छ ।
११ औ राष्ट्पति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय खेलकुद प्रतियोगितामा १०स्वर्ण २ रजत र ५ कास्य सहित पन्चदेवल बिनायक नगरपालिका प्रथम भएको छ ।

५ स्वर्ण ५ रजत र २ कास्य सहित साँफेबगर नगरपालिका दोस्रो भएको छ । यस्तै ४ स्वर्ण ६ रजत र ४ कास्य सहित मंगलसैन नगरपालिका तेस्रो भएको छ ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छबिराज ढंगानाको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवर रहनु भएको थियो ।
प्रतियोगिताको कमलबजार नगरपालिका बाहेक ९ वटा स्थानीय तहका बिधालयको सहभागीता रहेको थियोे । प्रतियोगितामा भलिबल,कपडि,एथलेटिक्स अनतरगत त्रिपल जम्प,लङ्जप,सटपुट,ज्याभलिन
हाईजम्प,१००,२००,४००,८००,१५००,३०००,५००० मिटरका दौडका खेलमा ९ वटा स्थानीय तहका माबिका छात्र,छात्राबिच प्रतिस्पर्धा भएको थियो ।
समापन कार्यक्रममा साँफे बगर नगर उपप्रमुख बिर्मला बुड्थापा साँफे बगर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मिप्रसाद शर्मा, वडा नं ८चण्डिकाका अध्यक्ष टंक कुँवर लगाएतको सहभागीता रहेको थियो ।