श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि आज नेपाल र हङकङ प्रतिष्पर्धा गर्दैछन् । एसिया कपको छनोट प्रतियोगिताका रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनमा सबै प्रतिष्पर्धीहरु पाखा लागिसकेका छन् । एसिया कप खेल्ने लक्ष्यका साथ अघि बढिरहेको नेपालको बाटोमा अब एउटामात्र तगारो बाँकी छ, त्यो हो– हङकङ ।
इस्टर्न रिजको फाइनल किनरारा ओभल मैदानमा स्थानीय समय अनुशार विहान १० बजे र नेपाली समय अनुशार ७ः४५ बजे हुनेछ । नेपाली टिमले फाइनलका लागि सेमि फाइनलकै टिम मैदान उतारेकाे छ । आज पनि बिशाल विक्रम केसी, प्रतिस जिसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै आज कमलसिंह ऐरी र रसिद खान एकैपटक सँगै खेल्दैछन् ।

हङकङविरुद्धको प्लेयिङ ११
रोहित कुमार पौडेल कप्तान
पवन सर्राफ
हरि बहादुर चौहान
रित गौतम
भिम सार्की
सागर ढकाल
कमल सिंह ऐरी
रशिद खान
तिलक राज भण्डारी
खडक बोहरा
कुशल मल्ल