आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करणको पहिलो सेमिफाइनल खेल बर्षाका कारण प्रभावित भयो । मंगलबार टस जितेर न्यूजिल्याण्डले पहिला ब्याटिङ रोजेको थियो ।
४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएका बेला वर्षा भएपछि खेल रोकिन पुग्यो । वर्षा भएपछि रोकिएको खेलमा रस टेलर ६७ र टम लाथम ३ रन बनाएर क्रिजमा छन् । आईसीसीले सेमिफाइनल र फाइनलमा रिजर्भ डे राखेकाले मंगलबार रोकिएको खेल बुधबार दिउँसो सवा ३ बजेदेखि शुरु हुने छ ।

तर आज पनि पानी परेर ओभर घटाउनु परेमा भारतले नयाँ लक्ष्य पाउने छ । जस अनुसार अहिले ४६ओभर खेलेको न्यूजिल्याण्डले थप ब्याटिङ नगरेर खेल्नु परेमा भारतले २३७ रनको लक्ष्य पाउने छ । यदि ओभर ४० मा झारियो भने २२३ रनको लक्ष्य पाउने छ भने ३५ ओभरमा खेल आयोज भने भारतलाई नयाँ लक्ष्य २०९ रन हुने छ ।
लगातार वर्षा भएर अझै पनि ओभर घटाउन पर्ने अवस्था आएमा ३० ओभरमा १९२ रन बनाउनु पर्ने छ । यस्तै २५ मा १७२ रन र यदि २० ओभरमै झार्नु पर्ने अवस्थामा आएमा भारतले १४८ रन चेस गर्नु पर्ने छ ।
तर बलिङ र ब्याटिङ गर्न नसकिने अवस्था आएर आज दिनभरी खेल रोकियो भने नतिजा भारतको पक्षमा जाने छ । समूह चरणको प्वाइन्टका आधारमा भारत फाइनलमा पुग्ने छ ।
भारत समूह चरणमा शीर्ष स्थानमा थियो भने न्यूजिल्याण्ड चौथो स्थानमा थियो । फाइनलमा पनि यस्तै भयो भने दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिने छ । तर यो ११ औं संस्करणसम्म रिजर्भ डेमा खेल भए पनि विश्व विजेता संयुक्त रुपमा भएका छैनन् ।
Post Add 1025X115